मङ्गलबार, ०२ असार २०८३
ताजा लोकप्रिय

श्रमबिना नेपाल बन्दैन, फागुन २१ को चुनावमा ७७ वटै जिल्लामा उठ्छौँ: हर्क साम्पाङ

बुधबार, ०९ पुस २०८२, २१ : ०१
बुधबार, ०९ पुस २०८२

सारांश

  • श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले श्रमलाई राष्ट्र निर्माणको आधार बनाउनुपर्ने बताए।
  • उनले श्रमको विकास बिना देशमा परिवर्तन सम्भव नहुने र श्रम गर्ने बानीले देश बन्ने धारणा राखे।
  • पार्टीले आगामी निर्वाचनमा ७७ वटै जिल्लाबाट उम्मेदवारी दिने तयारी गरेको छ।

बिर्तामोड । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष हर्क साम्पाङले श्रमलाई राष्ट्र निर्माणको मूल आधार बनाउनुपर्नेमा जोड दिएका छन्। बुधबार झापाको विर्तामोडमा आयोजित आमसभालाई सम्बोधन गर्दै साम्पाङले श्रम संस्कृतिको विकासबिना देशमा कुनै पनि परिवर्तन सम्भव नहुने दाबी गरेका हुन्।

‘श्रम गरेर धर्तीलाई फुलाउनुपर्छ, श्रम गर्ने बानीले नै नेपाल बन्छ,’ अध्यक्ष साम्पाङले भने। उनले अरूको दोष खोज्नुभन्दा आफ्नै हातले काम गरेर देश बनाउने संस्कारको खाँचो रहेको औँल्याए। श्रमलाई सम्मान गर्ने र उत्पादनमा जोड दिने नीतिले मात्र नेपाललाई समुन्नत बनाउन सकिने उनको तर्क छ।

पार्टीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा ७७ वटै जिल्लाबाट उम्मेदवारी दिने तयारी गरिरहेको जानकारी समेत सो अवसरमा दिइयो। श्रम संस्कृति पार्टी जिल्ला कमिटी झापाले आयोजना गरेको उक्त सभामा पार्टीका अन्य नेताहरूले पनि देशको पछिल्लो राजनीतिक अवस्था र श्रम संस्कृतिको महत्त्वबारे चर्चा गरेका थिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप