झापामा बालेनको जमानत जफत गर्छौँ : एमाले नेता पाठक
झापा । नेकपा एमालेका केन्द्रीय सदस्य चिन्तन पाठकले झापाली जनताले बालेन शाहको जमानत जफत गरिदिने बताएका छन् ।
झापा क्षेत्र नम्बर ५ बाट बालेन शाह आगामी फागुन २१ गते निर्वाचन लड्ने चर्चा भइरहेका बेला एमाले नेता पाठकले यस्तो बताएका हुन् ।
सरकारविरुद्ध नेकपा एमाले झापाले बिहीबार झापामा गरेको खबरदारी कार्यक्रमलाई सम्बोधन गर्दै केन्द्रीय सदस्य पाठकले बालेन शाहका लागि झापा अत्यन्तै दुखद् र अशुभ हुने चेतावनी दिए ।
‘यदि बालेन शाह झापा आउनुभयो र क्षेत्र नम्बर ५ मा चुनाव लड्नुभयो भने उहाँको जमानत जफत हुन्छ’, पाठकको भनाई थियो ।
उनले असंवैधानिक सुशीला कार्की नेतृत्वको सरकारलाई घुँडा टेकाएर छोड्ने गरी एमाले सडकमा आएको भन्दै विदेशी शक्तिहरूको इसारामा देशलाई सिद्ध्याउने खेल स्वीकार्य नहुने र एमालेले संविधान तथा लोकतन्त्रलाई ट्रयाकमा ल्याएरै छोड्ने दाबी गरे ।
पार्टीका झापा जिल्ला अध्यक्ष प्रेम गिरीले विदेशीको इसारामा देश चलाउनेहरूलाई एमालेले तह लगाउने बताए ।
उनले संविधान मिच्ने, विदेशीको गतिविधि टुलुटुलु हेरेर नसक्ने बताउँदै खबरदारी गरेका छन् । नेपाली जनतामाथि गिद्धे दृष्टि लगाए प्रतिकार गरेर देखाइदिने चेतावनी दिए । एमाले केन्द्रीय सदस्य देवेन्द्र दाहालले कानुन बनाउन र हरेक मुद्धाको फैसला गर्न जनताबाट निर्वाचित संसद् पुर्नजिवित गर्नुपर्ने बताए ।
एमालेले झापाको बिर्तामोड र दमकमा एकैदिन सरकारविरुद्ध खबरदारी गरेको हो । बजार परिक्रमा गरेर कोणसभा गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रूसी तेल प्रशोधदन केन्द्रमा युक्रेनी आक्रमण
-
विश्वकपमा स्पेनको खराब रेकर्ड : २,५०० पास तर गोल शून्य
-
फ्रान्सविरुद्ध सन् २००२ को इतिहास दोहोर्याउने सेनेगलको लक्ष्य
-
एकै खेलले रातारात भाइरल बनेका गोलकिपर
-
‘कुमकुम भाग्य’ की अभिनेत्री सञ्चिताद्वारा आत्महत्या, बुबाले मागे न्याय
-
९ वटा घर खाली गर्ने प्रक्रिया सुरु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण