एकै खेलले रातारात भाइरल बनेका गोलकिपर
वाशिङ्टन डीसी । सोमबार फिफा विश्वकप २०२६ मा स्पेनसँग खेल्नुअघि भोजिन्हा केप भर्डियन फुटबल प्रशंसकहरू र पोर्चुगिज क्लब फुटबलका अनुयायीहरूमाझ मात्र परिचित थिए ।
केप भर्डे र स्पेनबिचको गोलरहित बराबरी भएको केही घण्टापछि भोजिन्हा इन्टरनेटमा भाइरल भए । उनको फ्यान फलोइङ रातारात बढ्यो । स्पेनसँगको खेलदेखि मानिसहरूले उनलाई सामाजिक सञ्जालमा निरन्तर पछ्याइरहेका छन् ।
उनले स्पेनविरुद्ध सात उत्कृष्ट बचाउ गरेका थिए । अमेरिकाको एटलान्टामा भएको खेलमा भोजिन्हाले गरेको प्रत्येक बचाउलाई समर्थकहरूले गोलसरह उत्साहका साथ मनाएका थिए । ब्राजिलमा विश्वकप अधिकार राख्ने युट्युब च्यानल केजटीभीले दर्शकहरूलाई उनलाई फलो गर्न आग्रह गरेको थियो ।
बीबीसी स्पोर्टका अनुसार भोजिन्हाको इन्स्टाग्राम फलोअर्स एकै दिनमा ५०,००० बाट बढेर ५० लाखभन्दा माथि पुगेको छ । योसँगै ४० वर्षीय भोजिन्हालाई प्रतियोगिताको सबैभन्दा ठूला उदाउँदो ताराहरू मध्ये एक बनेका छन् । ४० वर्षभन्दा बढी उमेरका गोलकिपरमध्ये विश्वकप खेलमा यसभन्दा बढी बचाउ गर्ने कीर्तिमान केवल प्याट जेनिङ्सको नाममा छ, जसले सन १९८६ मा ब्राजिलविरुद्ध उत्तरी आयरल्याण्डका लागि आफ्नो ४१औँ जन्मदिनमै १० सेभ गरेका थिए ।
को हुन् भोजिन्हा ?
जोसिमार जोसे एभोरा डायसलाई फ्यानहरू 'भोजिन्हा' भनेर चिनिन्छ । उनी केप भर्डेको मिन्डेलोमा जन्मेका थिए । उनको विश्वकप यात्रा सजिलो थिएन। उनले केप भर्डे, मोल्डोभा, रोमानिया, साइप्रस र पोर्चुगलमा वर्षाैं बिताए । अहिले, ४० वर्षको उमेरमा, उनले आफूले पाउनुपर्ने ख्याति प्राप्त गरेका छन् । आफ्नो राष्ट्रिय टोलीबाट खेलेका भोजिन्हा केप भर्डेको सबैभन्दा भरपर्दो खेलाडीमध्ये एक हुन् । ९० अन्तर्राष्ट्रिय उपस्थितिहरू सहित, भोजिन्हा केप भर्डेको सबैभन्दा प्रभावशाली फुटबलरहरू मध्ये एक बनेका छन् ।
पोर्चुगिज क्लब चाभेसबाट खेल्ने भोजिन्हा लगभग १५ वर्षको अन्तर्राष्ट्रिय अनुभवका साथ प्रतियोगितामा आएका थिए । उनले २०१२ देखि केप भर्डेको प्रतिनिधित्व गर्दै आएका छन् । यो बढ्दो लोकप्रियताबारे पत्रकारहरूले सोध्दा उनले अचम्म मान्दै भने, ‘यो त साँच्चै पागलपन जस्तो छ,’ ।
४० वर्षको उमेरमा इतिहास
सोमबाको नतिजा केप भर्डेको ऐतिहासिक थियो । तर यो सो टोलीको गोलकिपरको लागि पनि एक यादगार रात थियो । ४० वर्षको उमेरमा विश्वकपमा डेब्यु गर्ने उनी दोस्रो सबैभन्दा जेठो खेलाडी बनेका छन् । २०१८ को विश्वकपमा इजिप्टका पूर्वगोलकिपर एसाम एल हदारीले ४५ वर्षको उमेरमा डेब्यु गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक गाैतमलाई थुनामा पठाउने आदेश
-
बजेटमाथि रास्वपा सांसदकै आक्रोश : शक्ति केन्द्रको वरिपरि मात्रै घुम्यो
-
मिलेमतोमा ठेक्का, प्रमाण लुकाउन कागजात नै गायब
-
नदीजन्य पदार्थको राजस्वमा रजाइँ : गाउँपालिकाका तत्कालीन अध्यक्षसहित पदाधिकारीविरूद्ध मुद्दा
-
राहदानी विभागका महानिर्देशक र निर्देशकलाई ४ दिन थुनामा राख्न अनुमति
-
नेतान्याहुको हालतः तेल पानी एकै ठाउँ, पिना बाहिर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण