शीतल निवासमा राष्ट्रपति पौडेल र नेता खनालबिच भेटवार्ता
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबीच भेटवार्ता भयो, जसमा समसामयिक राजनीतिक अवस्थाबारे छलफल भयो।
- भेटमा आगामी निर्वाचन, मुलुकको वर्तमान चुनौती र निर्वाचनका लागि आवश्यक तयारीबारे छलफल भएको थियो।
- राष्ट्रपतिले खनालकी धर्मपत्नीको स्वास्थ्य अवस्थाबारे जानकारी लिए र छिट्टै स्वास्थ्य लाभको कामना गरे।
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र पूर्वप्रधानमन्त्री झलनाथ खनालबिच आज शीतल निवासमा भेटघाट भएको छ । राष्ट्रपति पौडेल र पूर्वप्रधानमन्त्री खनालबिच बिहान भेटवार्ता भएको हो । बिहान १० बजेदेखि करिब एक घण्टा भेटवार्ता भएको जनाइएको छ ।
भेटका क्रममा राष्ट्रपति पौडेलले खनालकी धर्मपत्नी रविलक्ष्मी चित्रकारको स्वास्थ्य अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएका थिए। राष्ट्रपति पौडेलले चित्रकारको शीघ्र स्वास्थ्य लाभको कामना समेत व्यक्त गरेको बताइएको छ।
भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, आगामी निर्वाचन तथा मुलुकको वर्तमान चुनौतीबारे विस्तृत छलफल भएको छ। निर्वाचन सम्पन्न गर्न आवश्यक पूर्वाधार, शान्ति सुरक्षा व्यवस्थापन र तोकिएकै समयमा चुनाव गराउने विषयमा दुवै पक्षबिच विचार–विमर्श भएको जनाइएको छ। साथै, २३ र २४ गते घटेका दुवै प्रकारका घटनाहरू तथा ती घटनाका कारणबारे पनि छलफल भएको स्रोतले जनाएको छ।
छलफलका क्रममा हालको सरकार बाध्यात्मक परिस्थितिमा गठन भएको र यसको प्रमुख दायित्व निर्वाचन सम्पन्न गराउनु नै रहेको विषयमा जोड दिइएको थियो । निर्वाचनको कुनै विकल्प नरहेको तर त्यसका लागि आवश्यक पूर्वाधार तयारी, सबै राजनीतिक दल तथा सरोकारवाला पक्षबिच सहमति कायम गरी निर्वाचन सम्पन्न गरेर मुलुकलाई नयाँ निकास दिनु अपरिहार्य रहेको धारणा आदान–प्रदान भएको बताइएको छ।
फागुन २१ मा निर्वाचन सम्पन्न गर्नुपर्ने विषयमा राष्ट्रपति पौडेल र नेता खनालबिच सहमति रहेको बुझिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक दर्जन सुरुङमार्गको सम्भाव्यता अध्ययन र निर्माणका लागि ६८ करोड
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण