‘भारतबाट अवैध रूपमा भित्रिने पार्टपुर्जाले स्वदेशी व्यवसायी मर्कामा’
सारांश
- बुटवल अटो इन्जिनियरिङ एसोसिएसनको साधारण सभामा व्यवसायीहरूले भारतबाट अवैध रूपमा पार्टपुर्जा आउने समस्याबारे गुनासो गरे।
- खुला सीमाको फाइदा उठाउँदै हुने तस्करी र अवैध आयात रोक्न व्यवसायीहरूले राज्यलाई आग्रह गरे, जसले स्थानीय व्यापारलाई असर गरेको छ।
- बुटवल उपमहानगरपालिकाका प्रमुखले अटो भिलेजलाई व्यवस्थित बनाउन पूर्वाधार विकास गर्ने प्रतिबद्धता व्यक्त गरे।
रुपन्देही । बुटवल अटो इन्जिनियरिङ एसोसिएसन रुपन्देही लुम्बिनीको ३० औँ साधारण सभामा सहभागी वक्ताहरूले भारतबाट अवैध रूपमा भित्रिने सवारी साधनका पार्टपुर्जाका कारण स्वदेशी व्यवसायी मर्कामा परेको बताएका छन्। बुटवलमा शनिबार आयोजित कार्यक्रममा व्यवसायीहरूले खुला सीमाको फाइदा उठाउँदै हुने तस्करी र अवैध आयात रोक्न राज्य गम्भीर हुनुपर्नेमा जोड दिएका हुन्।
अवैध सामानसँग प्रतिस्पर्धा गर्न कठिन भएको र नेपाली सवारी धनीहरू मर्मतका लागि भारतीय बजार सुनौली जाने गर्दा स्थानीय व्यापार सुस्ताएको उनीहरूको गुनासो छ। साधारण सभाको उद्घाटन गर्दै चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टङ्कप्रसाद पोख्रेलले सीमावर्ती क्षेत्रका अटो व्यवसायीले भोग्नुपरेको चुनौतीबारे चर्चा गरे। उनले नयाँ पुस्ताका अटो इन्जिनियरहरूले प्रविधिको विकाससँगै सीपमा दक्षता हासिल गर्नुपर्ने आवश्यकता औँल्याए।
यस्तै, बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले बुटवलको मैनाबगरस्थित अटो भिलेजलाई व्यवस्थित बनाउन बाटो र ढलको काम भइरहेको जानकारी दिँदै व्यवसायीका मागअनुसार थप पूर्वाधार विकास गर्ने प्रतिबद्धता जनाए।
नेपाल अटोमेकानिक्स व्यवसायी महासङ्घका केन्द्रीय अध्यक्ष गोपाल भट्टराईले देशभरका जिल्लाहरूमा अटो भिलेज निर्माणका लागि पहल भइरहेको बताए। एसोसिएसनका अध्यक्ष प्रेम गौचनले अटो क्षेत्रले रोजगारी सिर्जना र राजस्वमा ठुलो योगदान पुर्याए पनि सरकारले यस क्षेत्रका समस्यालाई गम्भीरतापूर्वक नलिनु दुःखद भएको उल्लेख गरे। उनले सवारी मर्मतका लागि भारत जाने मोटो रकमलाई रोक्न सके मात्रै मुलुकको अर्थतन्त्रमा टेवा पुग्ने धारणा राखे।
व्यवसायीहरूले नयाँ प्रविधि अँगाल्दै आफ्नो पेसालाई मर्यादित र व्यावसायिक बनाउनुपर्नेमा समेत जोड दिएका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छिम्केश्वरी धार्मिक वन हस्तान्तरण
-
एपीएफ स्कुलको रकम हिनामिना आरोपमा इन्स्पेक्टर कल्पना गुरुङ पक्राउ
-
मौलाकालिका : आस्था र आरोग्यको सर्ट हाइकिङ (तस्बिरहरू)
-
खेत रोप्न गएकी महिलाको शारदा नदीमा डुबेर मृत्यु
-
लुम्बिनी प्रदेश सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
-
मुख्य राजमार्गका ७ स्थानमा पूर्ण अवरोध, ४ स्थानमा एकतर्फी सञ्चालन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण