आइतबार, २४ जेठ २०८३
ताजा लोकप्रिय

‘मिनी डान्सिङ स्टार’ बनिन् सुरिधी, अन्य क–कसले चुमेँ उपाधि ?

आइतबार, १३ पुस २०८२, १० : ५४
आइतबार, १३ पुस २०८२

सारांश

  • काठमाडौंमा परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजनामा 'डि एस ए स्टार २०२५ सिजन-१८' को फिनाले सम्पन्न भयो।
  • विभिन्न विधाका विजेताहरूमा सुरिधी पुडासैनी, प्रिज्मा सापकोटा, अभियान गिरी, विमर्शराज थापा, आयुष पौडेल र आरोहण रिजाल रहे।
  • विजेताले म्युजिक भिडियोमा अभिनय र जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाउनेछन्।

काठमाडौँ । परिवर्तन इभेन्ट हाउस प्रालिको आयोजना रहेको ‘डि एस ए स्टार २०२५ सिजन–१८’को फिनालेमा विभिन्न बालबालिकाले उपाधि चुमेका छन् । राष्ट्रिय नाचघर जमलमा आयोजित प्रतियोगितामा ‘मिनी डान्सिङ स्टार’ तर्फ सुरिधी पुडासैनी विजेता बन्दा तेजस्वी जोरा ‘फस्ट रनरअप’, सुजयना गहतराज ‘सेकेन्ड रनरअप’, अपिल पन्त ‘थर्ड रनरअप’, विपास्ना ढुंगाना ‘फोर्थ रनरअप’, हिमांशी श्रेष्ठ ‘फिफ्थ रनरअप’ र यशोदा राउत ‘सिक्स्थ रनरअप’ भए ।

त्यस्तै ‘जुनियर डान्सिङ स्टार’तर्फ प्रिज्मा सापकोटाले शीर्ष उपाधि जित्दा काव्या पौडेल ‘फस्ट रनरअप’, अभिश्री तामाङ ‘सेकेन्ड रनरअप’, लिओना आले मगर ‘थर्ड रनरअप’, निभन्या प्याकुरेल ‘फोर्थ रनरअप’, आरजु श्रेष्ठ ‘फिफ्थ रनरअप’, प्रनिशा पन्त ‘सिक्स्थ रनरअप’, अनन्या चन्द ‘सेभेन्थ रनरअप’ र आराध्या घिमिरे ‘एट्थ रनरअप’ बने ।

त्यस्तै ‘प्री–टिन डान्सिङ स्टार’तर्फ अभियान गिरी विजेता बन्दा प्रियांशी सापकोटा ‘फस्ट रनरअप’, सोफी चापागाईं ‘सेकेन्ड रनरअप’, स्मृति अधिकारी ‘थर्ड रनरअप’, आरुषी घले ‘फोर्थ रनरअप’, पासाङ तामाङ ‘फिफ्थ रनरअप’, अनन्या घले ‘सिक्स्थ रनरअप’, योजन रेग्मी ‘सेभेन्थ रनरअप’ र रज्जा सापकोटा ‘एट्थ रनरअप’ भए ।

यसैगरी ‘जुनियर सिङगिङ स्टार’ तर्फ विमर्शराज थापाले शीर्ष उपाधि चुम्दा आश्ना खत्री ‘फस्ट रनरअप’, अन्श आचार्य ‘सेकेन्ड रनरअप’ र अदिती खड्का ‘थर्ड रनरअप’ भए ।

‘प्री–टिन सिङगिङ स्टार’ तर्फ आयुष पौडेलले उपाधि जित्दा सगिस्ता राना मगर ‘फस्ट रनरअप’, सोनिया सिन्जाली ‘सेकेन्ड रनरअप’ र सम्पदा उप्रेती ‘थर्ड रनरअप’ बने ।

‘एक्टिङ स्टार’ तर्फ आरोहण रिजालले शीर्ष उपाधि चुम्दा सियोना अर्याल ‘फस्ट रनरअप’, निलग्रिभ खतिवडा ‘सेकेन्ड रनरअप’ र अनामिका रिजाल ‘थर्ड रनरअप’ भए । आयोजकका अनुसार प्रतियोगितामा सहभागी एक सय जना बालबालिकाले वसुन्धरास्थित साउथ वेस्टर्न स्कुलमा एक महिनासम्म विभिन्न विषयमा प्रशिक्षण लिएका थिए ।

प्रतियोगिताको निर्णायकमा गायन सपन श्रेष्ठ, कलाकार विनोद श्रेष्ठ र कोरोना स्कुलकी संस्थापक प्रिन्सिपल देविना श्रेष्ठ महर्जन थिए । कार्यक्रममा गायक रोज मोक्तानलाई ‘राष्ट्रिय स्रष्टा सम्मान २०८२’ सम्मान प्रदान गरियो ।

हर्लिस नेपालको प्रमुख प्रायोजन र नेपाल टेलिकम पार्टनर रहेको प्रतियोगितामा नेपाल वायु सेवा निगमको सहयोग थियो । परिवर्तन इभेन्ट हाउसकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) सोनिया जी आरले विजेताले म्युजिक भिडियोमा अभिनयसँगै सन् २०२७ मा जर्जियामा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको तर्फबाट प्रतिनिधित्वको अवसर पाएको बताइन् ।

हाउसका निर्देशक राज बराइलीले बालबालिकाका प्रतिभाहरूलाई बाहिर ल्याउन सहज वातावरण बनाउँदै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धाको ढोका खोल्न प्रतियोगिता आयोजना गरिएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप