स्मान हादीको हत्याका मुख्य अभियुक्त भारत भागेको ढाका प्रहरीको दाबी
ढाका । इन्कलाब मञ्चका संयोजक उस्मान हादीको हत्याका दुई मुख्य अभियुक्त मयमन सिंहको हलुआघाट सीमा हुँदै भारत भागेको दाबी ढाका महानगरीय प्रहरीले गरेको छ ।
बीबीसी बंगलाका अनुसार अभियुक्त फैसल करीम मसूद र आलमगीर शेखले भारत पुगेपछि पहिले उत्तरपूर्वी राज्य मेघालयमा शरण लिएको प्रहरीले बताएको छ ।
ढाका महानगरीय प्रहरीका अतिरिक्त आयुक्त एसएन मोहम्मद नजरुल इस्लामले आइतबार पत्रकार सम्मेलनमा यो कुराको जानकारी दिएका हुन् । यसअघि प्रहरी अधिकारीहरूले यस घटनाका मुख्य अभियुक्त कहाँ छन् भन्नेबारे ठोस जानकारी नभएको दाबी गरेका थिए ।
प्रहरी अधिकारीहरूले पत्रकार सम्मेलनमा भने, 'उस्मान हादीको हत्या पूर्वनियोजित थियो । यस घटनामा आक्रमणकारीहरूलाई भारत भाग्न मद्दत गर्नेहरू सहित कुल ११ जनालाई पक्राउ गरिएको छ । यीमध्ये छ जनाले आफ्नो अपराध स्वीकार गरेका छन् ।'
प्रहरीले आगामी सातदेखि १० दिनभित्र यस मुद्दामा आरोपपत्र दायर गरिने बताएको छ । ढाका प्रहरीका अतिरिक्त आयुक्त इस्लामले भने, 'घटनास्थलमा उपस्थित व्यक्तिहरूबाट प्राप्त जानकारी, सीसीटीभी फुटेजको विश्लेषण र प्रविधिको आधारमा, फैसल करीम मसूद र उनका मोटरसाइकल चालक आलमगीर शेखलाई घटनाको दिन पहिचान गरिएको थियो ।'
करीम मसुदका बुबा हुमायुन कबीर, आमा हसी बेगम, श्रीमती शाहिदा परवीन सामिया, भिनाजु वाहिद अहमद सिपु, प्रेमिका मारिया अख्तर लिमा, मोहम्मद कबीर र हादीलाई गोली हानेर मार्ने नुरउजमान नोमानीसहित ११ जनालाई पक्राउ गरिएको बताइएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण