लुम्बिनीमा लगानी र पर्यटन प्रवर्द्धनका लागि सरोकारवालाबिच एकतामा जोड
सारांश
- लुम्बिनीमा लगानी र पर्यटनको वातावरण बनाउन सरोकारवालाहरूबीच एकता हुनुपर्नेमा जोड दिइयो।
- लुम्बिनी विकास कोष र स्थानीय सरकारबीचको समन्वय नहुँदा सोचे जस्तो प्रवर्द्धन हुन नसकेको कार्यवाहक नगर प्रमुखले बताइन्।
- नेपाल र भारतका पत्रकारहरूले लुम्बिनीको विकासका लागि एकता र सहकार्यमा जोड दिए।
बुटवल । बुद्ध जन्मस्थल लुम्बिनी क्षेत्रमा लगानी बढाउन र पर्यटनको वातावरण बनाउन सरोकारवालाहरूबिच एकता हुनुपर्नेमा जोड दिइएको छ ।
शनिबारदेखि लुम्बिनीमा सुरु भएको तेस्रो लुम्बिनी न्यूज फेस्टिभलको आइतबारको प्यानल छलफलमा बोल्ने वक्ताहरू तथा सहभागीहरूले लुम्बिनीका सरोकारवालाहरूबिच सहकार्य र एकता नभएसम्म न लुम्बिनी क्षेत्रमा लगानी बढ्ने न त पर्यटनको वातावरण बन्ने निष्कर्ष निकालेका हुन् ।
आइतबारको 'लुम्बिनीः लगानी र पर्यटन' विषयक प्यानल छलफलमा प्यानालिस्टका रूपमा सहभागी लुम्बिनी सांस्कृतिक नगरपालिकाकी कार्यवाहक नगर प्रमुख कल्पना हरिजनले लुम्बिनी विकास कोषले स्थानीय सरकारलाई भूमिका नदिएका कारण लुम्बिनीको सोचेजस्तो प्रवर्धन गर्न नसकिएको बताइन् ।
कार्यवाहक नगर प्रमुख हरिजनले स्थानीय बासिन्दा र लुम्बिनी विकास कोषसँग हातेमालो गरेर लुम्बिनीमा पर्यटकीय वातावरण बनाउन, पर्यटन क्षेत्रमा लगानी बढाउन र लगानीकर्तालाई लुम्बिनी क्षेत्रमा लगानी गर्न स्थानीय सरकारले उदारताका साथ सहयोग गर्ने बताइन् ।
लुम्बिनी होटल संघका अध्यक्ष लीलामणि शर्माले स्थानीय पर्यटन व्यवसायीका लागि बिहार र गुम्बालाई गेस्ट हाउसका रूपमा सञ्चालन गरिनु चिन्ताको विषय भएको बताए । लुम्बिनी पर्यटन परिषद्का सदस्यसमेत रहेका शर्माले लुम्बिनी आउने पर्यटकको बसाइ लम्ब्याउने गरी स्थानीय स्तरमा पर्यटन सम्बद्ध थप कार्यक्रम गर्न स्थानीय पर्यटन व्यवसायी तयार रहेको बताए ।
लुम्बिनी विकास कोषका वरिष्ठ निर्देशक ज्ञानिन राईले तोकिएको समयमा लुम्बिनी गुरुयोजना पूरा गर्न नसकिएकोमा दुःख व्यक्त गर्दै लुम्बिनी विकास कोष स्थानीय बासिन्दा, स्थानीय सरकार, प्रदेश सरकार सबैसँग हातेमालो गरेर अगाडि बढ्न सधैँ तयार रहेको बताए ।
समता टीभीका सम्पादक नरेश केसीले सहजीकरण गरेको उक्त कार्यक्रममा सहभागी नेपाल र भारतका पत्रकारहरूले लुम्बिनीमा एकता र सहकार्यमा जोड नदिएसम्म लुम्बिनीको विकास सही ढंगले नहुने बताएका थिए ।
प्यानल छलफलमा भारतको सिक्किम प्रेस क्लबका अध्यक्ष भरत राउत, इन्डिया प्रेस इन्स्टिट्युटका पूर्व सचिवसमेत रहेका दैनिक सहाराका समाचार सम्पादक सञ्जय सिंह, हिन्दुस्तान दैनिक लखनऊका प्रमुख राजेश सिंह, भारतीय सरकारी सञ्चार संस्था पीटीआईका उत्तरपूर्वी ब्युरो प्रमुख शिवप्रकाश गौर, जी न्यूजका महाराजगञ्ज प्रमुखसमेत रहेका महाराजगञ्ज प्रेस क्लबका अध्यक्ष अमित त्रिपाठी, गोरखपुर प्रेस क्लबका पूर्वअध्यक्ष मार्कण्डेय लगायत ४२ जना भारतीय सम्पादक तथा पत्रकारहरूको सहभागिता रहेको थियो । उक्त कार्यक्रममा लुम्बिनी र कपिलवस्तुको सन्दर्भमा बेलाबेलामा गरिने तथ्यहीन समाचारका पछि नलाग्नसमेत आग्रह गरिएको थियो ।
लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री चेतनारायण आचार्यले उद्घाटन गरेको न्यूज फेस्टिभलको उक्त प्यानल छलफलमा सहभागीका रूपमा नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्मा, नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेल, अन्नपूर्ण पोस्ट्का प्रधान सम्पादक अखण्ड भण्डारी, प्रेस काउन्सिल नेपालका अध्यक्ष डा. कुमार आचार्य, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोखरेल, केन्द्रीय सदस्य रामराज पोखरेल, प्रदेश अध्यक्ष शुक्रऋषि चौलागाईं, वरिष्ठ पत्रकार डा. बालकृष्ण चापागाईं लगायत पत्रकार सम्बद्ध संघसंस्थाका प्रमुख एवं विभिन्न मिडियाका सम्पादक तथा प्रतिनिधिहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण