फागुन २१ : दाङका तीन वटै क्षेत्रबाट नेकपाका उम्मेदवार सिफारिस
सोमबार, १४ पुस २०८२, १५ : ०६
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले दाङका तीन वटै निर्वाचन क्षेत्रबाट प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेकपाले जिल्लाका तीन वटै क्षेत्रबाट २४ जना उम्मेदवार सिफारिस गरेको हो ।
दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट मेटमणी चौधरीसहित ८ जनाको नाम सिफारिस गरिएको छ ।
क्षेत्र नम्बर २ बाट निर्मल आचार्य र रेखा शर्मासहित ७ जना र क्षेत्र नम्बर ३ बाट धनबहादुर मास्कीसहित ९ जनाको नाम केन्द्रमा सिफारिस गरिएको छ ।
नेकपा दाङका केन्द्रीय सदस्यसहित बसेको बैठकले उनीहरूको नाम सिफारिस गरेको नेकपा दाङ जिल्ला समितिले जनाएको छ ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
-
सुदूरपश्चिम प्रदेशसभा : वार्षिक नीति कार्यक्रम पारित
-
धनुषामा राजगुठी सम्पत्तिको अतिक्रमण हटाउन गुठी संस्थानको सूचना
-
सन् २०२२ देखि युक्रेनको सार्वजनिक ऋण ११० अर्ब अमेरिकी डलरभन्दा बढीले वृद्धि
-
१० बजे १० समाचार : कांग्रेसमा सदस्यता अद्यावधिकको समयसीमा थप, एउटा लिंकले रित्यायो २५ लाख
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण