सोलार लिफ्टमार्फत ३२७ घरमा खानेपानी
सारांश
- गुल्मीमा सोलार लिफ्ट प्रविधिमार्फत खानेपानी पुर्याएपछि उपभोक्ताको आकर्षण बढ्दै गएको छ।
- गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा ३२७ घरमा खानेपानी पुर्याउन परियोजना सम्पन्न भएको छ।
- लुम्बिनी प्रदेश सरकार, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र र अन्य निकायको लगानीमा परियोजना सफल भयो।
गुल्मी । पछिल्लो समय गुल्मीमा सोलार लिफ्ट प्रविधिप्रति उपभोक्ताको आकर्षण बढ्दै गएको छ । गुल्मीदरबार गाउँपालिका–१ बलिथुममा रहखोला देवीस्थान सोलार लिफ्टिङ परियोजनामार्फत ३२७ घरमा खानेपानी पुर्याइएपछि स्थानीयमा खुसीयाली छाएको छ । वर्षौँदेखि खानेपानीको सास्ती भोग्दै आएका यहाँका बासिन्दाले अब घरदैलोमै खानेपानीको सुविधा पाएका छन् ।
बहुपक्षीय लगानीमा सम्पन्न यस परियोजनाका लागि लुम्बिनी प्रदेश सरकारबाट १५ लाख, वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबाट ५५ लाख ३३ हजार र ग्रामीण प्रविधि केन्द्रबाट २९ लाख ६१ हजार रुपैयाँ प्राप्त भएको थियो । यस्तै, गुल्मीदरबार गाउँपालिकाले २२ लाख र वाइन टु वाटर नेपालले ५५ लाख ६२ हजार रुपैयाँ लगानी गरेका छन् । स्थानीय उपभोक्ताले समेत २४ लाख रुपैयाँ बराबरको श्रमदान गरेपछि यो ठुलो खानेपानी आयोजना सफल भएको गाउँपालिकाका अध्यक्ष सरोजकुमार थापाले बताए ।
ग्रामीण प्रविधि केन्द्रको समन्वय तथा प्राविधिक सहयोगमा सञ्चालित यो परियोजनाले बलिथुमका अधिकांश घरलाई समेटेको छ । जल–ऊर्जा र खाद्य प्रणालीमा नवीकरणीय ऊर्जा प्रविधिको प्रयोगमार्फत जलवायु परिवर्तन उत्थानशीलता र जीविकोपार्जनमा सुधार ल्याउने उद्देश्यले यो कार्यक्रम अघि सारिएको हो । स्थानीय सरकारको एकल लगानीले मात्र सम्भव नहुने यस्ता ठुला परियोजना दातृ निकायको सहयोगमा सम्पन्न हुँदा घरघरमा सहजै पानी पुगेको गाउँपालिकाका उपाध्यक्ष तारा थापा ढेँगाको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
-
निकासी आदेश पछि लेबनानमा इजरायली आक्रमण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण