पर्यटनलाई नाम मात्रको उद्योग बनाइयो, सुविधा खोइ ? : मन्त्री सिन्हा
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री अनिलकुमार सिन्हाले पर्यटन क्षेत्रलाई ‘उद्योग’ को रूपमा मान्यता दिए पनि व्यवहारमा भने उद्योगसरहको सुविधा नदिइएको बताएका छन् । सोमबार विधायन व्यवस्थापन समितिको बैठकमा बोल्दै मन्त्री सिन्हाले औद्योगिक व्यवसाय ऐनले तोकेका सुविधाहरूबाट पर्यटन व्यवसायीहरू वञ्चित रहेको उल्लेख गरेका हुन् ।
वर्तमान कानुनमा रहेका यस्ता जटिलतालाई परिमार्जन गरी पर्यटन उद्योगलाई सहज बनाउनुपर्नेमा उनले जोड दिए । मन्त्री सिन्हाका अनुसार हाल नेपालका होटलहरू ८० प्रतिशतभन्दा बढी आन्तरिक पर्यटकले भरिएका छन् ।
आन्तरिक पर्यटनलाई अझै व्यवस्थित र सुविधाजनक बनाउन सके यसले अर्थतन्त्रमा ठुलो योगदान दिने उनको भनाइ छ । पर्यटन व्यवसायीहरूले आन्तरिक पर्यटनमा हुने खर्चलाई संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत राखेर कर मिनाहा गरिदिन माग गरेको मन्त्री सिन्हाले जानकारी दिए । यस्तो व्यवस्था गर्न सके आन्तरिक पर्यटन थप फस्टाउने र व्यवसायीलाई राहत पुग्ने उनको विश्वास छ ।
पर्यटन क्षेत्रमा देखिएका विविध नीतिगत समस्या र कानुनी अड्चनलाई सम्बोधन गर्न मन्त्रालयले एकीकृत विधेयक ल्याउने तयारी गरिरहेको मन्त्री सिन्हाले बताए । हालको कानुनले पर्यटन क्षेत्रलाई उद्योगको परिभाषामा समेटे पनि औद्योगिक लाभ र सहुलियत दिन नसकेकाले नयाँ कानुनमार्फत यी सबै विषयलाई एकीकृत रूपमा समेटिने उनले प्रष्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण