आज यी राशिहरूलाई मिल्न सक्छ लाभ, हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल पुस १५ गतेको बार, तिथि, नक्षत्र, योग, र करण सम्बन्धी जानकारी दिइएको छ।
- मेषदेखि मीन राशिसम्मका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा विभिन्न अवसर र चुनौतीहरू उल्लेख छन्।
- पुत्रदा एकादशी व्रत, तमु ल्होसार, र कविशिरोमणि लेखनाथ पौड्याल जयन्ती जस्ता दिन विशेषको जानकारी दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पुस १५ गते । मंगलबार । इस्वी सन् २०२५ डिसेम्बर ३० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पुस शुक्लपक्ष । तिथि–एकादशी, ४६ घडी ४ पला, रातको १ बजेर २१ मिनेट उप्रान्त द्धादशी । नक्षत्र–भरुणी, ४५ घडी २४ पला, रातको १ बजेर ५ मिनेट उप्रान्त कृतिका । योग– सिद्ध, ३९ घडी ३६ पला, बेलुकी १० बजेर ४६ मिनेट उप्रान्त साध्य । करण–वणिज, दिउँसो २ बजेर ३० मिनेट उप्रान्त भद्रा, रातको १ बजेर २१ मिनेट उप्रान्त बव । आनन्दादिमा–मुसल योग । चन्द्रराशि–मेष ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १६ मिनेट । दिनमान २५घडी ५३ पला ।
दिन विशेष : पुत्रदा एकादशी व्रत। तमु ल्होसार। कविशिरोमणि लेखनाथ पौड्याल जयन्ती।
आजको बार बेला ।
बिहान ६ बजेर ५६ मिनेटसम्म रोग बेला ।
बिहान ६ बजेर ५७ मिनेटदेखि बिहान ८ बजेर १३ मिनेटसम्म उद्वेग बेला ।
बिहान ८ बजेर १४ मिनेटदेखि बिहान ९ बजेर ३१ मिनेटसम्म चर बेला ।
बिहान ९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ४९ मिनेटसम्म लाभ बेला ।
बिहान १० बजेर ५० मिनेटदेखि बिहान १२ बजेर ६ मिनेटसम्म अमृत बेला ।
दिउँसो १२ बजेर ७ मिनेटदेखि दिउँसो १ बजेर २४ मिनेटसम्म काल बेला ।
दिउँसो १ बजेर २५ मिनेटदेखि दिउँसो २ बजेर ४२ मिनेटसम्म शुभ बेला ।
दिउँसो २ बजेर ४३ मिनेटदेखि बेलुकी ३ बजेर ५९ मिनेटसम्म रोग बेला ।
बेलुकी ४ बजेर ० मिनेटदेखि बेलुकी ६ बजेर ५९ मिनेटसम्म काल बेला ।
नोट: शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
दिउँसो २ बजेर ४१ मिनेटदेखि दिउँसो ३ बजेर ५९ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर २० मिनेटदेखि बिहान ६ बजेर ८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
सर्वार्थसिद्धि योग
रातको १ बजेर २२ मिनेट पछि सर्वार्थसिद्धि योग रहेको छ ।
नोटः यस योगमा गरेका काम सफल हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ प्रविधिको प्रयोग गरी रचनात्मक कार्य गर्न सकिनेछ । राजनीतिकर्मीहरूका लागी जनताको काम समयमा गर्न सकिने हुनाले पद प्राप्तिको गतिलो योग रहेको छ । सुन्दर तथा विलासिताका सर सामान प्रयोग गरी अरूको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ । लामो समयदेखि बिछोड भएका मित्रहरूसँग भेट हुनाले दिन रमाइलो गरी बिताउन सकिनेछ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) विदेश यात्राको गतिलो सम्भावना रहेको छ भने विदेशी सामानको व्यापार फस्टाएर जानेछ । स्वदेशमा उत्पादित सामानको व्यापार व्यवसायमा अरु दिन भन्दा अलि बढी समय खर्चिनु पर्नेछ । राम्रो संगत तथा अग्रज सल्लाहले कामहरू समयमा अगाडी बढ्नेछन् । समयको गति सँगै बढ्न सक्दा प्रतिस्पर्धामा अरूभन्दा अगाडी बढ्न सकिनेछ । प्रशस्त तयारी गरेर महत्त्वपूर्ण काम सुरु गर्दा राम्रो नतिजा हात लाग्नेछ । प्रेम प्रसङ्गमा रमाउन चाहनेहरूका आज समय राम्रो रहेको छ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अनलाइन व्यापार तथा औद्योगिक क्षेत्रको लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरू परिपूर्ति गर्न सकिनेछ । माया प्रेमको डोरो कसिलो हुनेछ । अध्ययन वा कामलाई थाती राख्दै यात्रामा निस्कन सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी काम गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग मार्फत आफ्ना विचारहरू जनमानसमा लैजान सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कर्म भावमा गोचर गर्ने शुभ चन्द्रमाले व्यापार व्यवसायमा लगानी गरी लाभ लिन सकिनेछ । राजनीति तथा समाजसेवामा जनताको गतिलो समर्थन पाइनेछ । अध्ययन वा कामलाई बिट मार्दै यात्रामा निस्कन सकिनेछ । माया प्रेममा सामीप्यता बढ्नेछ । कार्यक्षेत्रका प्रभाव बढ्नेछ । कृषि तथा पशुपालन व्यवसायमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । सभा समारोहमा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ ।
- सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापारमा वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ । माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ । राजनीति तथा सामाजिक काममा सक्रियता बढ्नेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आफन्त तथा अग्रजहरूको सहयोग पाइने हुनाले राम्रा काम गर्न सकिनेछ । व्यापार व्यवसायमा लगानी बढाई भनेजस्तो आम्दानी हुनेछ भने दैनिकी सहज रूपमा व्यातित हुनेछ । माया प्रेममा नजिक हुन सकिनेछ भने जीवन साथीको सहयोगले अगाडी बढ्न हौसला मिल्नेछ । नसोचेको धन सम्पत्ति प्राप्त हुने योग रहेको छ । राजनीति तथा सामाजिक क्षेत्रमा राम्रा काम गर्न सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सुख दुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने समय छ । विभिन्न सहयोग र उपहार पाइनेछ । व्यापार तथा औद्योगिक क्षेत्रबाट आयआर्जन राम्रै हुनेछ भने व्यापारकै सिलसिलामा यात्रा हुने योग रहेको छ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । अध्ययन वा कामबाट फुर्सद निकाल्दै रमाइलो यात्रा गर्ने अवसर जुर्नेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसायमा लगानी बढाएर प्रशस्त रुपैयाँ पैसा कमाउन सकिनेछ । माया प्रेममा सामीप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । मावली पक्षबाट भनेजस्तो सहयोग प्राप्त हुनेछ । लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । अध्ययन वा कामलाई थाती राख्दै रमाइलो यात्रामा निस्कन सकिनेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पति पत्नी बिचको सुमधुर सम्बन्धले दाम्पत्य जीवन सुखद रहनेछ । सन्तान तथा आफन्तको सहयोगले प्रभावशाली काम बन्नेछ । नोकरीमा समाजोपयोगी कार्यको प्रशंसा सर्वत्र होला । राजनैतिक गतिविधिले समाजमा प्रभावशाली व्यक्तित्व विकासमा टेवा पुर्याउला । जग्गा जमिनको कारोबारले फाइदा गराउनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्री तथा बिलासी सामानको व्यापारबाट नाफा कमाउन सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आमा वा आफन्तको सहयोगले राम्रा तथा उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । घरजग्गा तथा सवारी साधन जोड्न सकिने वा खरिद बिक्रीबाट लाभ लिन सकिनेछ । व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । पारिवारिक सम्बन्ध सुदृढ हुनेछ भने प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ । राजनीति तथा सामाजिक काममा जनताको काम गर्न सकिने हुनाले प्रतिष्ठामा वृद्धि हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) आÏनै मेहनतले व्यवसायमा फड्को मार्न सकिनेछ । लगनशीलताका साथ गरिने कामको उच्च मूल्याङकन हुनेछ । दाजुभाइ तथा छिमेकीको सँगको सम्बन्धमा सुधार गर्दै नयाँ कामहरू गर्न सकिनेछ । प्रतिस्पर्धीहरू सहयोगी बन्नेछन् भने कुनै पनि प्रतिस्पर्धामा तपाईँको नाम अग्र स्थानमा आउनेछ । अध्ययन वा कामलाई थाती राख्दै यात्रामा निस्कन सकिनेछ । प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आफन्त तथा कुटुम्बसँगको चिसिएको सम्बन्धमा सुधार आउनेछ भने मिष्ठान्न भोजनका साथ समय व्यातित गर्न सकिनेछ । थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने नयाँ कामको प्रस्ताव आउनेछ । प्रेमील जोडीहरूले रमाइलो ठाउँको यात्रा गरी दिन व्यातित गर्न सक्नेछन् । खानपान, मनोरञ्जन तथा किनमेलमा समय व्यातित हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण