सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

बुधबार कुन राशिका लागि शुभ ? हेर्नुहोस् आजको राशिफल

बुधबार, १६ पुस २०८२, ०५ : ०२
बुधबार, १६ पुस २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल पौष १६ गतेको बार, तिथि, नक्षत्र र योगको विवरण प्रस्तुत छ।
  • मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा आर्थिक, प्रेम, स्वास्थ्य र करियरसम्बन्धी भविष्यवाणीहरू समावेश छन्।
  • शुभ कार्यका लागि अमृत र लाभ बेलाको समयलाई ध्यान दिनुपर्ने र राहुकालमा शुभ कार्य नगर्न सुझाव दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल पौष १६ गते । बुधबार । इस्वी सन् २०२५ डिसेम्बर ३१ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–द्वादशी, ४० घडी १२ पला, बेलुकी ११ बजेर १ मिनेट उप्रान्त त्रयोदशी । नक्षत्र–कृतिका, ४१ घडी १५ पला, बेलुकी ११ बजेर २६ मिनेट उप्रान्त रोहिणी । योग–साध्य, ३१ घडी ४४ पला, बेलुकी ७ बजेर ३८ मिनेट उप्रान्त शुभ । करण–बव, दिउँसो १२ बजेर ११ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर १ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–सिद्धि योग । चन्द्रराशि–वृष ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५६ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १७ मिनेट । दिनमान २५घडी ५४ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ५६ मिनेटसम्म लाभ बेला ।
  • बिहान ६ बजेर ५७ मिनेटदेखि बिहान ८ बजेर १४ मिनेटसम्म अमृत बेला ।
  • बिहान ८ बजेर १५ मिनेटदेखि बिहान ९ बजेर ३१ मिनेटसम्म काल बेला ।
  • बिहान ९ बजेर ३२ मिनेटदेखि बिहान १० बजेर ४९ मिनेटसम्म शुभ बेला ।
  • बिहान १० बजेर ५० मिनेटदेखि बिहान १२ बजेर ७ मिनेटसम्म रोग बेला ।
  • दिउँसो १२ बजेर ८ मिनेटदेखि दिउँसो १ बजेर २४ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १ बजेर २५ मिनेटदेखि दिउँसो २ बजेर ४२ मिनेटसम्म चर बेला ।
  • दिउँसो २ बजेर ४३  मिनेटदेखि बेलुकी ४ बजेर ० मिनेटसम्म लाभ बेला ।
  • बेलुकी ४ बजेर १ मिनेटदेखि बेलुकी ७ बजेर ० मिनेटसम्म उद्वेग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो १२ बजेर ६ मिनेटदेखि दिउँसो १ बजेर २४ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर २० मिनेटदेखि बिहान ६ बजेर ८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

सर्वार्थसिद्धि योग

दिन र रात (अहोरात्र) सर्वार्थसिद्धि योग रहनेछ ।

नोटः यस योगमा गरेका काम सफल हुन्छ भन्ने शास्त्रीय मान्यता रहेको छ ।

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । व्यापार व्यवसाय फस्टाएर जानेछ भने आम्दानीका बाटाहरू फराकिला हुनेछन् । शेयर बजार तथा वित्तीय क्षेत्रमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ । तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समयमा कामहरू सम्पन्न हुने तथा राम्रा काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । अध्ययन तथा अध्यापनको क्षेत्रमा थोरै समय लगानी गर्दा पनि सकारात्मक नतिजा हात लागी हुने योग रहेको छ । माया प्रेममा आफ्नो मान्छेलाई आफ्नै वरिपरि देख्न पाउँदा मन प्रसन्न हुनेछ । व्यापार व्यवसायमा प्रशस्त नाफा कमाउन सकिनेछ भने लगानी गर्ने वातावरण बनाउन सकिनेछ । बैठक, भेटघाट, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) खर्च भावमा गोचर गर्ने चन्द्रमाले स्वास्थ्यमा समस्या आई उपचार तथा औषधी खर्च बढेर जानेछ ।  व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुनेछ । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ । आफूभन्दा अग्रजसँग राय बाझिने तथा मनमुटाब बढ्ने योग रहेको छ । प्रेममा अविश्वास तथा मनमुटाब बढ्नेछ । तर पनि समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ रमाइलो ठाउको भ्रमण हुनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) विभिन्न ठाउँबाट कामका प्रस्तावहरू आउनेछन् भने प्रशस्त रुपैयाँ पैसा कमाउने योग रहेको छ । शत्रु तथा प्रतिस्पर्धीहरू परास्त हुनेछन् भने विद्या तथा प्रतिस्पर्धामा तपाईँकै नाम अग्र स्थानमा आउनेछ । व्यापार तथा वित्तीय बजारमा लगानी गरी भनेजस्तो नाफा कमाउन सकिनेछ । सामाजिक काम गरी नाम तथा दाम कमाउन सकिने हुँदा घर परिवारमा खुसीयाली छाउनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने साथीभाइ सँगको सम्बन्धमा विश्वासको वातावरण बन्नेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आफन्त तथा परिवारका साथ उपलब्धिमूलक रमाइलो यात्राको सम्भावना देखिन्छ । काम गर्ने जोस, जाँगर र आत्मबल बढ्नेछ । साथीभाइ तथा इष्टमित्रको सहयोग मिल्नेछ । मान्यजनको सहयोगमा गरेको काममा सफलता मिल्नेछ । नयाँ काम गरी मनग्गे लाभ लिन सकिनेछ भने रोजगारीको खोजीमा हुनेहरूले काम पाउने प्रशस्त सम्भावना रहेको छ । काम गर्ने ठाउँमा तपाईंको कामको प्रशंसा हुनेछ । लामो दुरीको यात्राको योग रहेको छ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यातित हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाहरूपी निकास दिने सहमति जुट्ने योग रहेको छ । समयको सदुपयोग गर्दै परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला अप्रिय घटना नघट्ला भन्न सकिन्न । दिनभर व्यस्त भए पनि न्यून पारिश्रमिकमा चित्त बुझाउनु पर्दा मन खिन्न हुनेछ । खानपिन तथा बाहिरी वातावरणको ख्याल गर्नुहोला । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने योग रहेको छ भने आम्दानीका स्रोतहरू साँघुरिनेछन् । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा घटपट आउनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) तार्किक क्षमतामा वृद्धि भएर जानेछ । वाणीमा थप निखारता आउने हुनाले नाम तथा दाम दुवै कमाउन सकिनेछ । एकल तथा साझेदारी व्यापार फस्टाएर जानेछ भने व्यापारकै सिलसिलामा रमाइलो यात्राको तय हुनेछ । शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने विपरीत लिङ्ग प्रतिको आकर्षण बढेर जानेछ । पढाइमा अरूभन्दा एक कदम बढी सफलता हात पार्न सकिनेछ ।  
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  लामो दुरीको अफिसियल यात्राको अधिक सम्भावना रहेको छ भने यात्राबाट भनेजस्तो उपलब्धि हात पर्ने ग्रहयोग रहेको छ । वादविवाद तथा मुद्दा मामिलामा प्रतिस्पर्धीहरूलाई हराउँदै जित निकाल्न सकिनेछ । माया प्रेममा सामीप्यता बढ्ने तथा दाम्पत्य जीवनको गाँठो अझ मजबुत भएर जानेछ । परिवार तथा आफन्तका साथ समय व्यातित हुने तथा रमाइलो ठाउको भ्रमण हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) आकस्मिक धन तथा सम्पत्ति लाभ हुने योग रहेको छ । व्यापार व्यवसाय फस्टाएर जानेछ । नयाँ योजनाहरू बनाई कार्यान्वयनको चरणमा लैजान सकिनेछ भने सोचेजस्तो आम्दानी गर्न सकिनेछ । सन्तानको प्रगति देखेर मन रमाउनेछ भने बंश वृद्धिको गतिलो सम्भावना रहेको छ । पढाइ लेखाइ अन्य दिन भन्दा सुधार हुने हुनाले आफन्तहरू खुसी हुनेछन् । आफूले मन पराएको मानिसबाट उपहार प्राप्त हुने हुनाले मन प्रसन्न रहनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) घर जग्गा तथा पैतृक सम्पत्तिमा विवाद बढ्ने ग्रहयोग रहेको छ । सवारी साधनको प्रयोग गर्दा ख्याल गर्नुहोला नसोचेको घटना घट्न सक्छ । राजनीति तथा समाजसेवामा तपाईँको प्रभाव कमजोर भएर जानेछ । व्यापार व्यवसायमा लगानी गरे पनि आम्दानी कम हुने हुँदा दैनिकी प्रभावित हुन सक्छ ध्यान दिनुहोला । उच्च महत्वकांक्षाले समस्या निम्तन सक्छ ध्यान दिनुहोला । प्रेममा सामान्य विवाद बढ्नेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) माया प्रेममा सामीप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । छिमेकीहरू माझ राम्रो कामगर प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धिहरु परास्त हुनेछन् । वित्तीय बजारमा लगानी गरी नाफा कमाउन सकिनेछ । रोकिएर बसेका कामहरू बन्नुको साथै बिस्तारै नयाँ काम बन्नेछन् ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप