बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
राजनीति

कांग्रेसको समानुपातिक सूचीमा लापरबाही, पूर्वराष्ट्रपतिका छोराको नाम दुई ठाउँमा

बुधबार, १६ पुस २०८२, १४ : ४६
बुधबार, १६ पुस २०८२

सारांश

  • नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची बुझाउँदा त्रुटि गरेको पाइयो।
  • पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम दुई ठाउँमा उल्लेख छ।
  • कांग्रेसले प्राविधिक त्रुटि भएको र सच्याइने जनाएको छ।

काठमाडौँ । नेपाली कांग्रेसले समानुपातिकतर्फको बन्दसूची बुझाउँदा लापरबाही गरेको पाइएको छ । मंगलबार बिहान कांग्रेसले निर्वाचन आयोगमा बुझाएको सूचीमा पूर्वराष्ट्रपति डा. रामवरण यादवका छोरा डा. चन्द्रमोहन यादवको नाम दुई ठाउँमा छ । 

कांग्रेसले बुझाएको सूचीको ३१ नम्बर र ७८ नम्बरमा डा. यादवको नाम राखिएको छ । 

कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले प्राविधिक त्रुटिका कारण दुई ठाउँमा परेको र सच्याइने जानकारी दिए । 

‘हतार हतारमा काम गर्नुपर्दा प्राविधिक त्रुटिका कारण दुई ठाउँमा नाम परेको हो,’ मुख्यसचिव पौडेलले रातोपाटीसँग भने, ‘त्यो सच्याइन्छ । यो ठुलो बनाउनुपर्ने विषय होइन । सच्याउने समयभित्र सच्याएर अर्को नाम राख्छौँ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप