प्रतिनिधिसभा निर्वाचन : स्याङ्जामा पुरुष भन्दा महिला मतदाताको सङ्ख्या धेरै
स्याङ्जा । आगामी फागुन २१ गते हुन लागिरहेको प्रतिनिधिसभा निर्वाचनमा स्याङ्जामा दुई लाख ४८ हजार मतदाता कायम भएको छ । २०८२ फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा भई दुई लाख ४८ हजार ८१६ जनाले आगामी प्रतिनिधिसभा निर्वाचनमा मतदान गर्न पाउने भएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय स्याङ्जाका प्रमुख श्रीराम थापाका अनुसार पुरुष एक लाख २२ हजार ४६४, महिला एक लाख २६ हजार ३५१ र अन्य एक गरी कुल दुई लाख ४८ हजार ८१६ मतदाता रहेका हुन् ।
जिल्लामा पुरुष मतदाताभन्दा महिला मतदाताको सङ्ख्या धेरै रहेको छ । पुरुषभन्दा महिला मतदाता तीन हजार ८८७ जना धेरै रहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको स्याङ्जामा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ मा एक लाख ३० हजार ८८६ मतदाता छन् । स्याङ्जा क्षेत्र नं २ मा एक लाख १७ हजार ९३० मतदाता छन् ।
क्षेत्र नं १ मा गत निर्वाचनका तुलनामा यस वर्ष तीन हजार ४७५ मतदाता थप भएका छन् । क्षेत्र नं २ मा एक हजार २५२ मतदाता थपिएका कार्यालय प्रमुख थापाले जानकारी दिए । जिल्लामा २०७९ को निर्वाचनमाभन्दा यस वर्षको निर्वाचनमा कूल चार हजार ७२७ मतदाता थपिएका हुन् ।
विसं २०७९ मा भएको प्रतिनिधिसभा तथा प्रदेश सभा निर्वाचनमा दुई लाख ४४ हजार ०८९ मतदाता रहेका थिए । स्याङ्जा जिल्लामा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि १९९ मतदानस्थल कायम गरिएको छ भने ३२२ मतदान केन्द्र रहने उनले जानकारी दिए ।
गत निर्वाचनमा १९९ मतदानस्थल रहेको थियो भने मतदान केन्द्र ३२० कायम रहेकोमा यसपटक दुई मतदान केन्द्र थप भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण