बालेन शाह परिवर्तनको झिल्को हो, त्यसैले प्रधानमन्त्रीमा अघि सार्याैँ : रवि लामिछाने
पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह परिवर्तनको झिल्को भएकाले भावी प्रधानमन्त्रीका रूपमा अघि सारिएको बताएका छन् ।
बालेनको उदय नै नेपालमा राजनीतिक परिवर्तनको मुख्य झिल्को भएकोले प्रधानमन्त्रीका रूपमा युवापुस्ताले समेत विश्वास गरेको उनले बताए ।
मंगलबार पोखरामा सञ्चारकर्मीसँग कुरा गर्दै लामिछानेले यस्तो बताएका हुन् ।
‘काठमाडौँको मेयरका रूपमा बालेन शाहको उदय पछाडि परिवर्तनको झिल्को बलेको हो नि त, यसलाई राँकोको रूप दिँदै छौँ हामी,’ उनले भने, ‘युवाहरूले सर्वाधिक बढी रुचाएको व्यक्तिका रूपमा पनि अहिले हामीले सहकार्य गर्दाखेरि प्रधानमन्त्रीको दाबेदार नै बालेन शाह हुन् ।’
परम्परागत राजनीतिको फोहोरलाई एकै झड्कामा सफा गर्न र देशलाई नयाँ युगमा लैजान पछिल्लो एकता गरिएको उनले बताए ।
‘यो युगबाट हामीले देशलाई बाहिर निकाल्न खोज्या हौँ, राजनीतिको सम्पूर्ण फोहोरलाई एकै झड्कामा बाहिर फाल्नको निमित्त हामीले देशको आवश्यकता अनुसार सम्झौता गर्यौँ,’ लामिछानेले भने ।
चुनावी भागबण्डाबारे जिम्मेवारी बाँडफाँट गरिएको उनले दाबी गरे । ‘हामीले भाग बाँड्या होइन, जिम्मेवारी बाँड्या हो,’ उनले भने, ‘जब बालेनजी, म र कुलमानजी सँगै जोडिएर जाँदा राष्ट्रले यसलाई उत्सवका रूपमा लियो, जनताको त्यो उत्साह नै हाम्रो सहकार्यको आधार हो ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
‘टोलटोलमा फिल्म महोत्सव’ गर्दै काठमाडौँ महानगर
-
अमेरिकी आक्रमणपछि वार्ताबारे पुनरावलोकन गर्दै इरान
-
अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
-
प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन : हर्कराज राई
-
चलचित्रको विकासमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : अध्यक्ष डिसी
-
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण