अझै नियन्त्रणमा आएनन् लुम्बिनीका कारागारबाट भागेका ४६८ कैदी
बुटवल । जेनजी आन्दोलनका क्रममा लुम्बिनी प्रदेशका कारागारबाट भागेका कैदीमध्ये ४६८ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूलाई नियन्त्रणमा लिन रणनीति बनाइरहेको लुम्बिनी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । फरार रहेका कैदीमध्ये केही भारतीय पनि रहेकाले त्यहाँको प्रहरीसँग समन्वय भइरहेको डीआईजी राजेन्द्रप्रसाद भट्टले बताए ।
भागेका कैदीलाई आगामी फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलहरूले सुरक्षा चुनौतीको रूपमा लिइरहेका छन् । डीआईजी भट्टले त्यसका लागि रणनीति बनाइरहेको बताए ।
कुन कारागारबाट कति कैदी फरार ?
जेनजी प्रदर्शनका क्रममा फागुन २४ गते कपिलवस्तु कारागारबाट ४३० जना कैदीहरू कारागार तोडफोड गरेर भागेका थिए । तीमध्ये ३०९ जना सम्पर्कमा आए भने १२१ जना फरार रहेको कपिलवस्तु कारागारका जेलर दलबहादुर बस्नेतले जानकारी दिए ।
भागेकामध्ये १३ जना कैदी भारतीय हुन् । उनीहरू भारततिरै लुकेर बसेको हुनसक्ने बस्नेतले बताए । भदौ २४ मा नवलपरासीको परासी कारागार, दाङको तुलसीपुर कारागार र बाँकेको नेपालगन्ज कारागारबाट कैदीहरू भागेका थिए ।
परासी कारागारबाट भागेका ५ सय ४६ जनामध्ये १८४ जना अझै सम्पर्कमा आएका छैनन् । उनीहरूमध्ये ३८ जना भारतीय नागरिक हुन् । तीन जना भारतीय कैदी कारागारमा फर्किएका कारागार कार्यालयले जनाएको छ । उनीहरूको तस्बिरसहितको विवरण प्रहरीले भारतीय प्रहरीलाई पठाएको छ ।
बाँकेको बैजनाथ गाउँपालिकास्थित नौबस्ता कारागारबाट फरार भएका १४७ कैदीमध्ये अझै ९३ जना सम्पर्कमा आएका छैनन् । फरारमध्ये अहिलेसम्म ५२ जनालाई मात्र नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । जसमा केही विभिन्न स्थानबाट पक्राउ परेका हुन् भने केही आफैँ हाजिर भएका हुन् ।
कारागार प्रशासनले फरार बन्दीहरूलाई असोज २० गतेसम्म हाजिर हुन समयसीमा दिएको थियो । हाल कारागारमा बन्दीहरू फर्किने क्रम रोकिएको छ । तुलसीपुर कारागारबाट २५३ जना फरार रहेकोमा ७० जनालाई नियन्त्रण लिन नसकिएको जेलर गिरीबहादुर सेजवालले जानकारी दिए । तीमध्ये ८ जना भारतीय नागरिक छन् । भागेका कैदीमध्ये एक जनाको नेपालगञ्जमा मृत्यु भएको गिरीले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण