भक्तपुरको बालसुधार गृहमा विवाद, ५ जना प्रहरी फेरबदल
सारांश
- भक्तपुरको बालसुधार गृहमा बालबिज्याईंकर्ता र प्रहरीबीच विवाद भएको छ।
- बालबिज्याईंकर्ताहरूले खानपिन, खेलकुद, सरसफाइ र भवन मर्मतको माग राखेका छन्।
- प्रशासन र मन्त्रालयको टोलीले नाबालक बन्दीहरूसँग छलफल गरेपछि अवस्था सामान्य भएको छ।
काठमाडौँ । भक्तपुरको मध्यपुर थिमी नगरपालिका–२ स्थित सानोथिमी बालसुधार गृहमा विवाद भएको छ । बाजबिज्याईंकर्ताहरुले मंगलबार दिउँसोदेखि सुरक्षामा खटिएका प्रहरी कर्मचारीसँग विवाद गरेका हुन् ।
बालबिज्याईंकर्ताहरुले बालसुधार परिसरभित्र नाराबाजी सुरु गरेपछि मंगलबार र बुधवार प्रशासनले उनीहरूसँग छलफल गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका उपसचिव मिलन भट्टराई नेतृत्वको टोलीसँग नाबालक बन्दीले छलफल गरेका हुन् ।
बालबिज्याईंकर्ताले खानपिनमा सुधार, खेलकुदको व्यवस्था, सरसफाइ र पुरानो भवन मर्मत गरिदिनुपर्ने माग राखेका छन् । सुरक्षामा खटिएका प्रहरी कर्मचारीहरूबारे बालबिज्याईंकर्ताले असन्तुष्टि जनाएपछि त्यहाँ खटिएका पाँच जना प्रहरी कर्मचारीको अदलीबदली गरिएको छ ।
बालसुधार गृहमा २३ जना प्रहरी कार्यरत छन् । मंगलबारबाट सुरु भएको विवाद अहिले सामान्य भैसकेको भक्तपुरका एसपी सूर्य खड्काले रातोपाटीलाई बताए । उनले भने, ‘व्यवस्थापनको पाटो महिला बालबालिका मन्त्रालयसँग सम्बन्धित हुन्छ, उहाँहरुले नाबालक बन्दीहरूसँग व्यवस्थापनबारे छलफल गरेपछि अहिले अवस्था सामान्य बनेको छ ।’
बालबिज्याईंकर्ता हरुले कैद सजाय कम हुनुपर्ने, त्यहाँबाट अन्यत्र सार्न नपाइने, औषधी उपचारको व्यवस्थापन र भेटघाटको समय बढाउनुपर्ने लगायतका माग राखेका छन् ।
२०८० भदौ ४ मा नाबालक बन्दी कमल बस्नेतको मृत्यु भएको विषयमा सो बालसुधार गृहमा झडप भएको थियो । त्यसबेला २२१ जना नाबालकहरू सुरक्षा घेरा तोडेर भागेका थिए । जेनजी प्रदर्शनमा भागेका नाबालक बन्दीहरूमध्ये केही अझै फर्किन बाँकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण