आगो ताप्दा थाहै नपाई कपडाबाट सल्किन सक्छ, ध्यान दिनुहोस् : प्राधिकरण
काठमाडौँ । जाडोबाट जोगिन नागरिक दाउरा वा घुर बालेर आगो ताप्ने बढेका छन् । विशेषगरी बाक्लो हुस्सु, कुहिरो र शीतलहरले तराईको जनजीवन प्रभावित पारिरहेका बेला आगो ताप्नेक्रम पनि बढेको छ ।
त्यसरी आगो ताप्दा थाहै नपाई लगाएको कपडाबाट आगो सल्किएर मानिसको ज्यानसमेत गएका घटना आइरहेका छन् । केही दिनअघिमात्रै आगो ताप्दा कपडामा सल्किएर दुई जनाको मृत्यु भएको थियो । पछिल्लो २४ घण्टामा मात्रै त्यसरी आगो लाग्दा कपडामा आगो सल्किएर चार जनासहित पाँच जना घाइते भएका छन् ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार चिसो बढेसँगै आगलागीका घटना बढेको र त्यसबाट मानिसको ज्यान जानेक्रम पनि बढेकाले आगो ताप्दा सावधानी अपनाउन अनुरोध गरेको छ ।
सुरुमा आगो ताप्ने क्रममा सल्किँदा न्यायो नै महसुस हुने र आगो नियन्त्रण बाहिर गएपछि मात्रै थाहा पाउने अवस्थाले मानिसको ज्यान नै जोखिममा पर्ने गरेको आगलागी विज्ञहरू बताउँछन् ।
प्राधिकरणकी प्रवक्ता शान्ति महतले पछिल्लो २४ घण्टामा त्यसरी कपडामा आगो सल्किएर चारसहित पाँच जना घाइते भएको बताइन् । त्यसैले आगो ताप्दा धेरै नै ख्याल गर्न उनले सबैमा अनुरोध गरेकी छन् । प्राधिकरणले सार्वजनिक सूचना तथा भिडियो सन्देशमार्फत नै आगलागीबाट जोगिन अनुरोध गर्दै आएको छ ।
आगोले जलेर पाँच घाइते
प्राधिकरणका अनुसार पछिल्लो २४ घण्टामा आगलागीबाट पाँच जना घाइते भएका छन् । उदयपुरको कटारी नगरपालिका–४ आँपटार बस्ने चार वर्षीया बालिका आफ्नै घरमा ताप्न बालेको आगोमा परेर घाइते भएकी छिन् ।
यस्तै, सप्तरीको मिर्चैया नगरपालिका–१ मा पनि २५ वर्षीया महिला घुर बालेर बच्चालाई सेक्ने क्रममा साडीबाट आगो सल्किन गई घाइते भएकी छिन् । धनुषाको जनकनन्दिनी गाउँपालिका–४ खजुरीमा ४५ वर्षकी महिला आगो ताप्ने क्रममा जलेर घाइते भएकी छिन् ।
उनलाई उपचारका लागि प्रादेशिक अस्पतालमा जनकपुर लगिएको छ । सो क्रममा गोठमा आगो सल्किन जाँदा एउटा पाडी मरेको र भैँसी घाइते भएको छ ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–२ मा आगो ताप्ने क्रममा कपडामा आगो सल्किएर ७० वर्षीया वृद्धा गम्भीर घाइते भएकी छिन् । उनको २५ प्रतिशत भाग जलेको र मिसन अस्पताल पाल्पामा उपचार भइरहेको छ ।
विपद्जन्य घटनामा दुईको मृत्यु
यसैबीच, २४ घण्टामा विपद्जन्य घटनामा अन्य दुई जनाको मृत्यु भएको छ । रुकुमपश्चिम बाफीकोट गाउँपालिका–१ मा भिरबाट खसेको ढुङ्गा लाग्दा २६ वर्षीय एक महिलाको मृत्यु भएको छ ।
यता कञ्चनपुरमा जनावरको आक्रमणबाट एक जनाको मृत्यु भएको छ । कञ्चनपुरको पुनर्वास नगरपालिका–६ बस्ने एक महिला स्थानीय हिमचुली वनमा घाँस काट्न जाँदा उनलाई बाघले आक्रमण गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वपत्नी जेसियासँगको डिभोर्सबारे अर्जुन रामपालको भावुक खुलासा
-
९ महिनापछि ओलीको राजीनामा राजपत्रमा
-
बालेन सरकारका मन्त्री : दीपकमाथि डन्डा, सुधनलाई पुरस्कार, केही त्रासमा !
-
म्याग्दीको जङ्गलमा बेवारिसे अवस्थामा लुकाइएका आठ थान भरुवा बन्दुक बरामद
-
बिहीबारसम्म राखेपको निर्णय पूर्ण रूपमा खारेज नभए एन्फालाई प्रतिबन्ध लगाउने
-
संसद्को गतिरोध अन्त्यका लागि विपक्षीसँगको छलफलमा रवि लामिछाने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण