शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

चलचित्र ‘बम बिहारी’को मुर्हुतसँगै छायाङ्कन सुरू

बुधबार, १६ पुस २०८२, २२ : २७
बुधबार, १६ पुस २०८२

सारांश

  • चलचित्र 'बम बिहारी'को शुभमुर्हुत भक्तपुरको हनुमान मन्दिरमा गरिएको छ।
  • चलचित्रको छायांकन उपत्यका र नेपालगन्जमा हुनेछ, जसमा नेपाली आमा र भारतीय बुबाको कथा समेटिएको छ।
  • सुरवीर पण्डित, सुमन ज्योति न्यौपाने, र अन्य कलाकारहरू चलचित्रमा अभिनय गर्नेछन्।

काठमाडौँ । चलचित्र ‘बम बिहारी’को शुभमुर्हुत गरिएको छ । बुधवार भक्तपुरको हनुमान मन्दिरमा पूजा गर्दै चलचित्रको मुर्हुत गरिएको हो । 

चलचित्रको आजैबाट छायाङ्कन सुरु गरिएको छ । डीएमएस मल्लको निर्देशन रहने चलचित्रको छायाङ्कन उपत्यकाको विभिन्न स्थान र नेपालगन्जमा हुनेछ ।  नेपाली भूमिको आमा र भारतीय भूमिको बुबाको एक छोराको कथा ‘बम बिहारी’मा छ । ‘बम बिहारी’ एक पात्रको नाम हो । उनकै वरिपरि चलचित्रको कथा घुम्नेछ’ निर्देशक मल्लले भने । चलचित्रमा कथा र लगानी पनि निर्देशक डीएमएस मल्लकै रहनेछ ।

चलचित्रमा सुरवीर पण्डित, सुमन ज्योति न्यौपाने (ल्यांग्री दादा), ध्रुब बुढाथोकी, झरना रिसाल, सन्ध्या श्रेष्ठ, पुष्कर राउत र सम्राट क्षेत्रीको अभिनय रहनेछ ।

सुरेन्द्र बसेलको कोरियोग्राफी रहने चलचित्र रामेश्वर हुमागाईंको टिमले खिच्दैछ भने गौतमराज खड्काले सम्पादन गर्दैछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप