शुक्रबार यी राशिहरुका लागि शुभ, हेर्नुहोस राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल पौष १८ गतेको बार, तिथि, नक्षत्र, योग र करणसहितको विवरण प्रस्तुत गरिएको छ।
- मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफलमा विभिन्न अवसर र चुनौतीहरू उल्लेख गरिएका छन्।
- शुभ कार्यका लागि लाभबेला र अमृत बेलाको समय उपयुक्त हुने र राहुकालमा कुनै शुभ कार्य नगर्न सुझाव दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष १८ गते । शुक्रबार । इस्वी सन् २०२६ जनवरी २ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । पौष शुक्लपक्ष । तिथि–चतुर्दशी, २८ घडी ३५ पला, बेलुकी ६ बजेर २३ मिनेट उप्रान्त पूर्णिमा । नक्षत्र–मृगशिरा, ३४ घडी ५ पला, बेलुकी ८ बजेर ११ मिनेट उप्रान्त आर्द्रा । योग– शुक्ल, १६ घडी १ पला, दिउँसो १ बजेर २१ मिनेट उप्रान्त ब्रह्म । करण–गर, बिहान ७ बजेर ३० मिनेट उप्रान्त वणिज, बेलुकी ६ बजेर २३ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–मानस योग । चन्द्रराशि–वृष, बिहान ८ बजेर ५७ मिनेट उप्रान्त मिथुन ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर १८ मिनेट । दिनमान २५घडी ५६ पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ५७ मिनेटसम्म चर बेला ।
- बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर १४ मिनेटसम्म लाभ बेला ।
- बिहान ८ बजेर १५ मिनेटदेखि बिहान ९ बजेर ३२ मिनेटसम्म अमृत बेला ।
- बिहान ९ बजेर ३३ मिनेटदेखि बिहान १० बजेर ५० मिनेटसम्म काल बेला ।
- बिहान १० बजेर ५१ मिनेटदेखि बिहान १२ बजेर ८ मिनेटसम्म शुभ बेला ।
- दिउँसो १२ बजेर ९ मिनेटदेखि दिउँसो १ बजेर २६ मिनेटसम्म रोग बेला ।
- दिउँसो १ बजेर २७ मिनेटदेखि दिउँसो २ बजेर ४३ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो २ बजेर ४४ मिनेटदेखि बेलुकी ४ बजेर १ मिनेटसम्म चर बेला ।
- बेलुकी ४ बजेर २ मिनेटदेखि बेलुकी ७ बजेर १ मिनेटसम्म रोग बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकाल
बिहान १० बजेर ४९ मिनेटदेखि दिउँसो १२ बजेर ७ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर २० मिनेटदेखि बिहान ६ बजेर ८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) छोटो दुरीको रमाइलो यात्राको तय हुने तथा अध्ययनकै सवालमा यात्राको योग बन्नेछ । लामो समयदेखि भेट नभएका मित्र, आफन्त तथा घरपरिवारमा मानिससँग भेट हुँदा मन प्रसन्न रहनेछ । खाद्यान्न, गरगहना तथा निर्माण सामाग्रीको व्यापारबाट मनग्गे धन लाभ हुनेछ । प्रणय सम्बन्धमा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने जीवन साथीको सहयोगले नयाँ काम गर्न सकिनेछ ।
- वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा सुधार भएर जानेछ भने बौद्धिक क्षेत्र फराकिलो हुनेछ । आफन्त तथा साथीभाइबाट सुनिने सुखद समाचारले उत्साहित होइनेछ । व्यापार तथा औद्योगिक क्षेत्रमा आज गरिने लगानीबाट मनग्गे धन आर्जन हुनुको साथै नयाँ काम आरम्भ गर्न सकिनेछ । प्रेमिल जोडीहरुका लागी समय उत्तम रहेको छ । बोलीको प्रभाव बढ्नाले थोरै बोलेर मनग्गे धन आर्जन गर्न सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रोकिएका काम बन्नाले उत्साह जाग्नेछ । शत्रुहरू किनारा लाग्नेछन् । संघर्ष गरेरै अधिकार स्थापित गर्न सकिनेछ । प्रतिस्पर्धामा पनि विजयी भइनेछ । व्यापारलगायत आर्थिक लाभ हुने काममा राम्रै फाइदा हुनेछ । राम्रा तथा विलासिताका वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । पढाइ लेखाइमा मन जाने हुनाले अरू भन्दा राम्रो नतिजा ल्याउन सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खानपानमा ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । काम गर्दा ध्यान दिनुहोला काम बिग्रन तथा जरिवाना हुन सक्छ । तापनि लामो दुरीको विदेश यात्राको प्रशस्त सम्भावना रहेको छ । विदेशमा बसेर काम गर्नेहरूका लागी समयले साथ दिनेछ भने विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ । विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) घरपरिवार तथा समाजमा तारिफयोग्य काम गरी चर्चा बटुल्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । व्यापारमा थोरै लगानी गर्दा पनि मनग्गे नाफा कमाउन सकिनेछ । भौतिक स्रोत साधन जुट्नाले दैनिकी सहज हुनेछ । पढाइ लेखाइमा थोरै समय दिँदा पनि नतिजा तपाईँकै पोल्टोमा पर्नेछ । माया प्रेममा नजिक हुने समय रहेको छ भने यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुनाले मान सम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । व्यापार तथा औद्योगिक क्षेत्रको लगानी फस्टाएर जाने हुनाले मन प्रसन्न हुनेछ । माया प्रेमको डोरो कसिने तथा परिवारका साथ घरमै बसेर मिष्टान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढ्ने लेख्ने काममा थोरै समय दिए पनि भनेजस्तो नतिजा हात पार्न सकिनेछ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राम्रा तथा परिणाममुखी काम गरी अरूको मन जित्न सकिनेछ । आर्थिक समस्या हल भएर जानेछ भने व्यापार तथा औद्योगिक क्षेत्रमा लगानी वृद्धि हुनेछ । खोज तथा अनुसन्धानको क्षेत्रमा समय लगानी गर्नेहरूले सफलता हात लगाउन सकिनेछ । धार्मिक कार्यमा मन जानेछ भने धार्मिक तथा शैक्षिक यात्राको प्रशस्त सम्भावना रहको छ। माया प्रेममा नजिक भई आफ्ना भावना साटासाट गर्न सकिनेछ ।
- वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) भौतिक सम्पत्ति तथा सवारी साधनको कारोबार गर्दा ध्यान दिनुहोला अप्रिय घटना नहोला भन्न सकिन्न । माया प्रेममा धोका तथा अविश्वास हुनेछ । खानपानमा ध्यान नदिँदा स्वास्थ्यमा समस्या आउनेछ । साना–तिना घरेलु समस्या सुल्झाउँदा सुल्झाउँदै समय बित्नेछ । आफन्त तथा चेली–माइतीबिच मनमुटाब सिर्जना नहोला भन्न सकिन्न । यात्रा तथा शुभ कार्यको लागी बिहानको समय उत्तम रहेको छ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) भौतिक सम्पत्ति तथा बिलासी वस्तुको व्यापार व्यवसायबाट मनग्गे आम्दानी गर्न सकिनेछ । व्यवसायकै सिलसिलामा यात्राको तय गर्न सकिनेछ । माया प्रेमको गाँठो कसिलो भएर जानेछ भने जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति हात पार्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत अधिकार स्थापित गर्न सकिनेछ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) समय राम्रो रहेकोले मन परेको मान्छेबाट भौतिक सम्पत्ति तथा उपहार प्राप्तिको योग रहेको छ । छुट्टिएका प्रेम सम्बन्धहरू पुनः जोडिनेछन् । भौतिक तथा बिलासी वस्तुको व्यापार व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा ल्याउन सकिने हुनाले आफन्त तथा गुरुवर्गहरु खुसी हुनेछन् । न्यायलयबाट हुने न्यायिक निर्णयहरू तपाईँको पक्षमा आउनेछन् । व्यापारबाट नाफा कमाउन सकिनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) बौद्धिक तथा प्राविधिक ज्ञानको प्रयोग गरी काम गर्दा आम्दानी बढाउन सकिनेछ । वित्तीय क्षेत्र तथा उद्योगमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । भौतिक सम्पत्ति तथा बिलासी सामान उपहारको रूपमा प्राप्त हुनेछ । माया प्रेममा सामीप्यता बढ्ने तथा प्रेम प्रस्ताव आउनेछ । वंश वृद्धिको योग रहेको छ भने सन्तान तथा आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) घरेलु समस्याले सताउने तथा आमाको स्वास्थ्यमा खराबी आउन सक्छ । आफन्त तथा आफ्नो भन्नेहरूले तपाईँको काममा बाधा तथा अवरोध गर्नेछन् । पढाइ लेखाइ सुस्त गतिमा अगाडी बढ्नेछ । कृषि तथा पशु चौपायाको व्यवसाय फस्टाएर जानेछ । माया प्रेममा आफ्नो मन मिल्ने मायालुलाई समय दिन नसक्दा सामान्य मनमुटाब सिर्जना हुनेछ । राजनीतिकर्मीका लागी समय अन्य दिन भन्दा मध्यम रहेको छ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सबै सरकारी वेबसाइटमा ‘एक्सेसिबिलिटी टुल’
-
कमजोर व्यवस्थापन र फितलो कार्यसम्पादनको शिकार बन्यो रास्वपा बागमतीको अधिवेशन
-
परराष्ट्रमन्त्री खनालले गराए भारत भ्रमणबारे संसद्लाई जानकारी
-
सदनमा परराष्ट्रमन्त्रीले जवाफ दिँदा हर्क साम्पाङको ‘डिस्टर्ब’
-
५३ सदस्यीय सुदूरपश्चिम प्रदेशसभामा ३३ जना बनिसके मन्त्री
-
रास्वपा कोशी प्रदेश सभापतिका लागि ८ जनाको उम्मेदवारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण