शनिबार, १३ असार २०८३
ताजा लोकप्रिय

भेनेजुएलामाथि अमेरिकी आक्रमणको बाबुराम भट्टराईद्वारा भर्त्सना

शनिबार, १९ पुस २०८२, १७ : १४
शनिबार, १९ पुस २०८२

सारांश

  • पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकाको सैन्य हस्तक्षेपको विरोध गरे।
  • उनले अमेरिकी कदमलाई अन्तर्राष्ट्रिय कानुनको उल्लङ्घन र विश्व प्रणालीलाई चुनौतीको रूपमा हेरेका छन्।
  • भट्टराईले अमेरिकाको दादागिरीलाई रोक्न नसके विश्वमा गम्भीर अनिष्ट आउने चेतावनी दिए।

काठमाडौँ । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भेनेजुएलामाथि अमेरिकाले गरेको सैन्य आक्रमण र त्यहाँका राष्ट्रपति निकोलस मादुरोको अपहरणलाई अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लङ्घन भएको बताएका छन्। संयुक्त राष्ट्र संघको सदस्य राष्ट्रमाथि भएको यस प्रकारको नाङ्गो हस्तक्षेपले विश्व स्थापित अन्तर्राष्ट्रिय प्रणालीलाई चुनौती दिएको उनको ठहर छ।

भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै अमेरिकी कदमको सबै सार्वभौम राष्ट्र र विश्व जनसमुदायले कडा शब्दमा विरोध गर्नुपर्नेमा जोड दिएका छन्। अमेरिकाको यो व्यवहारलाई उनले ‘जसको लाठी उसको भैँसी’ प्रवृत्तिका रूपमा चित्रण गर्दै यस्तो दादागिरीलाई बेलैमा रोक्न नसके विश्वभर नै गम्भीर अनिष्ट आउन सक्ने चेतावनी दिएका छन्। 

भेनेजुएलाको आन्तरिक राजनीतिक मामलामा सैन्य बल प्रयोग गरेर राष्ट्रपतिलाई नै देश बाहिर पुर्‍याउनुले अन्तर्राष्ट्रिय सुरक्षा र मर्यादालाई जोखिममा पारेको भट्टराईको विश्लेषण छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप