सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाइँदै
सारांश
- कञ्चनपुरमा सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख हटाउने प्रक्रिया सुरु भएको छ।
- डिभिजन वन कार्यालयले सूचना जारी गरेर रुख हटाउन लागेको हो।
- समितिको निर्णयपछि तत्काल रुख हटाइनेछ।
कञ्चनपुर । डिभिजन वन कार्यालय कञ्चनपुरले सार्वजनिक क्षेत्रमा रहेका जोखिमपूर्ण रुख हटाउने प्रक्रिया अघि बढाएको छ । सम्भावित धनजनको क्षति न्यूनीकरण गर्न वन कार्यालयले त्यस्ता रुख हटाउन लागेको हो ।
वन क्षेत्रबाहेक जग्गाधनी प्रमाणपुर्जा भएका र नभएका सार्वजनिक सडक, सरकारी कार्यालय, समिति, संस्थान, विद्यालय, पानीका मुहान, धार्मिकस्थल तथा अन्य सार्वजनिक स्थानमा रहेका जोखिमपूर्ण रुख हटाउन वन कार्यालयले तीन दिने सार्वजनिक सूचना जारी गरेको छ ।
डिभिजनल वन अधिकृत सुरेशचन्द्र डिसीका अनुसार जग्गाधनी प्रमाणपुर्जा नभएका सार्वजनिक क्षेत्रका जोखिमपूर्ण रुख तत्काल नहटाउँदा धनजनको क्षति हुनसक्ने देखिएमा वन नियमावली २०७९ को नियम ३६ बमोजिम हटाउन सकिने व्यवस्था छ ।
जग्गाधनी प्रमाणपुर्जा भएका सरकारी कार्यालय, समिति, संस्थान तथा अन्य कार्यालय परिसरभित्रका रुखका हकमा सम्बन्धित कार्यालयको अनुरोध र नियम ३६ को उपनियम ९१० बमोजिम समितिको सिफारिसका आधारमा डिभिजनल वन अधिकृतले प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा रहेको समितिको निर्णयअनुसार हटाउन सक्ने प्रावधान रहेको उनले बताए ।
“सोही कानुनी व्यवस्थाअनुसार जोखिमपूर्ण रुख हटाउन सूचना जारी गरेका हौँ”, उनले भने, “सूचना अनुसार निवेदन आउने क्रम जारी छ ।” निवेदन सङ्कलनपछि वन अधिकृतसहितको टोलीले स्थलगत अनुगमन गरी रुख जोखिमपूर्ण भए–नभएको मूल्याङ्कन गर्ने र त्यसको प्रतिवेदन प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको समितिमा पेस गरिने उहाँले जानकारी दिनुभयो । समितिको निर्णयअनुसार तत्काल हटाउनुपर्ने ठहर भएमा रुख हटाइने उनको भनाइ छ ।
शुक्लाफाँटा नगरपालिका–६ स्थित वन समिति कसरौलतर्फ जाने कालोपत्रे सडकको दायाँबायाँ तथा बिच भागमा रहेका केही जोखिमपूर्ण रुखका कारण यसअघि मानवीय क्षतिसमेत भएको छ । रुखको हाँगा खसेर लाग्दा एक जनाको ज्यान गएको र एकपटक विद्यालयका विद्यार्थी बोकेको बसमाथि रुख खस्दा बस क्षतिग्रस्त भए पनि विद्यार्थीको ज्यान जोगिएको वडाध्यक्ष दानसिंह ऐरले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिडियाखानामा ‘ट्रम्प’ भैँसी
-
हरियालीमा २० मिनेट मात्रै बिताउँदा पनि कम हुन्छ तनाव
-
राष्ट्रिय विधि विज्ञान प्रयोगशालालाई स्वतन्त्र बनाउनुपर्नेमा सांसदहरुको जोड
-
विद्यालय तहको ‘राष्ट्रिय पाठ्यक्रम प्रारूप’ पुनरावलोकन गरिँदै
-
जातीय विभेद अन्त्यको सन्देशसहित म्याग्दीमा रक्तदान कार्यक्रम
-
फिल्म निर्माता पहलाज निहलानीको निधन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण