सोमबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल
सारांश
- आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल पौष २१ गतेको बार, तिथि, नक्षत्र, योग, र करणसहितको जानकारी दिइएको छ।
- काठमाडौंमा सूर्योदय र सूर्यास्तको समय र विभिन्न बार बेलाहरूको विवरण प्रस्तुत गरिएको छ।
- मेषदेखि मीन राशिसम्मको राशिफल र ग्रह गोचरको प्रभावबारे संक्षिप्त जानकारी दिइएको छ।
आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष २१ गते । सोमबार । इस्वी सन् २०२६ जनवरी ५ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–द्वितीया, १४ घडी ३२ पला, दिउँसो १२ बजेर ४६ मिनेट उप्रान्त तृतीया । नक्षत्र– तिष्य, २४ घडी १७ पला, बेलुकी ४ बजेर ४० मिनेट उप्रान्त अश्लेषा । योग–विष्कुम्भ, ४९ घडी १ पला, रातको २ बजेर ३४ मिनेट उप्रान्त प्रिती । करण–गर, दिउँसो १२ बजेर ४६ मिनेट उप्रान्त वणिज, रातको १२ बजेर ७ मिनेट उप्रान्त भद्रा । आनन्दादिमा–धाता योग । चन्द्रराशि–कर्कट ।
काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५७ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २१ मिनेट । दिनमान २६ घडी ० पला ।
आजको बार बेला ।
- बिहान ६ बजेर ५७ मिनेटसम्म अमृत बेला ।
- बिहान ६ बजेर ५८ मिनेटदेखि बिहान ८ बजेर १५ मिनेटसम्म काल बेला ।
- बिहान ८ बजेर १६ मिनेटदेखि बिहान ९ बजेर ३३ मिनेटसम्म शुभ बेला ।
- बिहान ९ बजेर ३४ मिनेटदेखि बिहान १० बजेर ५१ मिनेटसम्म रोग बेला ।
- बिहान १० बजेर ५२ मिनेटदेखि बिहान १२ बजेर ९ मिनेटसम्म उद्वेग बेला ।
- दिउँसो १२ बजेर १० मिनेटदेखि दिउँसो १ बजेर २७ मिनेटसम्म चर बेला ।
- दिउँसो १ बजेर २८ मिनेटदेखि दिउँसो २ बजेर ४५ मिनेटसम्म लाभ बेला ।
- दिउँसो २ बजेर ४६ मिनेटदेखि बेलुकी ४ बजेर ३ मिनेटसम्म अमृत बेला ।
- बेलुकी ४ बजेर ४ मिनेटदेखि बेलुकी ७ बजेर ३ मिनेटसम्म चर बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला ।
राहुकालु
बिहान ८ बजेर १५ मिनेटदेखि बिहान ९ बजेर ३३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।
ब्रहा मुहूर्त
बिहान ५ बजेर २० मिनेटदेखि बिहान ६ बजेर ८ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।
आजको राशिफल
- मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) भौतिक सम्पत्ति तथा सवारी साधनको प्रयोग गरी आम्दानी बढाउन सकिनेछ । आफन्त तथा आमाको साथ पाइने हुनाले मन प्रसन्न हुनेछ । पढाइ लेखाइ तथा खोजमूलक काममा आन्तरिक यात्रा हुनेछ । माया गर्ने मान्छे पाइने तथा प्रेममा नजिक हुन सकिनेछ । समाजमा सबैलाई चित्तबुझ्दो काम गरी नाम कमाउन सकिनेछ । कृषि तथा पशुपालन पेसा व्यवसाय गर्नेहरूका लागी समयले साथ दिनेछ । राजनीतिकर्मीका लागी आजको दिन उत्तम रहेको छ ।
- बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उद्योग ,शेयर बजार तथा व्यापारबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । खेलकुद तथा पराक्रमी क्रियाकलाप भाग लिनेहरूका लागी समयले साथ दिनेछ भने चाहेको उपलब्धि हासिल गर्न सकिनेछ । अध्ययनमा मन जानेछ भने नतिजा आफैतिर ल्याउन सकिनेछ । दाजुभाइ तथा छिमेकीको साथ पाइनेछ । लेखन तथा साहित्यमा रुचि बढ्नेछ । सामाजिक सञ्जालको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ ।
- मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ । साथीभाइ सँगको रमाइलो बसाइँमा स्वादिष्ट भोजनका साथ समय व्यातित गर्न सकिनेछ ।
- कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जाने तथा दाम्पत्य जीवन सुखी रहनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । बिभिन्न अवसरले पछ्याउनेछन् भने चाहेको समयमा कामहरू सम्पन्न हुने हुँदा आफन्तहरू खुसी हुनेछन् । सुन्दर तथा बिलासी वस्तुहरूको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ । उत्तम वस्त्र, मन पर्ने भोजन तथा विशेष उपहार प्राप्तिको योग रहेको छ ।
- सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समय राम्रो रहेकोले विदेशी सामानको आयात निर्यात गरी व्यापार विस्तार गर्न सकिनेछ । विदेशी नियोग तथा विदेशी लगानीबाट सञ्चालित संस्थामा काम पाउने योग रहेको छ । विद्यार्थीहरुका लागी अध्ययनकै सवालमा यात्रा गर्ने अवसर जुर्नेछ । स्वास्थ्य सामाग्री तथा खाद्यान्नको व्यापारबाट नाफा कमाउन सकिनेछ । राजनीति तथा समाजसेवामा थोरै समय खर्चिए पनि नाम कमाउन सकिने छ । तर पनि काम गर्दा ध्यान पूर्वक गर्नुहोला काम बिग्रने र जरिवाना तिर्नु पर्ने हुन सक्छ ।
- कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) प्राकृतिक स्रोत साधन तथा पैतृक सम्पत्तिको प्रयोग मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । व्यापार, उद्योग तथा पुँजी बजारमा गरिले लगानीबाट लाभ लिन सकिनेछ । पढाइ लेखाइमा उत्कृष्ट अङ्क ल्याउँदै अरूभन्दा अग्र स्थानमा तपाईँको नाम आउनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समय उत्तम रहेको छ । भौतिक सम्पत्ति वा सवारी साधन प्राप्तिको योग रहेको छ ।
- तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) राज्य भावमा गोचर गर्ने शुभ चन्द्रमाले राज्यको मेकानिजम भित्र बसेर गरिने कामबाट मनग्गे फाइदा हुनेछ । कीर्तिमान काम गरी नाम तथा इज्जत प्रतिष्ठा कमाउन सकिनेछ । नयाँ काम पाउने तथा बढुवा हुने योग रहेको छ । शेयर बजार तथा व्यापारबाट मनग्गे लाभ हुनेछ भने कृषि तथा पशुपालन व्यवसाय फस्टाएर जानेछ । पढाइ लेखाइमा मन जानेछ भने प्रेमको डोरो कसिलो भएर जानेछ ।
- वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) सामाजिक तथा धार्मिक काममा रुचि बढ्नेछ भने धार्मिक प्रतिष्ठान तथा मन्दिर तिरको यात्रा गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । भाग्य तथा समयले साथ दिने हुँदा सानो प्रयत्नले ठुला उपलब्धि हासिल हुनेछ । सरकारी तथा प्रशासनिक क्षेत्रमा तपाईँको सम्मानजनक उपस्थिति रहनेछ । प्रेममा सामिप्यता बढ्नेछ ।
- धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) आफन्तको सहयोगले राम्रा काम गर्न सकिनेछ । अध्ययनमा मन जाने तथा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । व्यापार व्यावसायमा वृद्धि हुनेछ भने आम्दानीका नयाँ नयाँ स्रोतहरू फेला पार्न सकिनेछ । नसोचेको धन तथा सम्पत्ति हात लागी हुने योग रहेको छ । बोलीको प्रभाव बढ्ने हुनाले बोलेरै मनग्गे धन आर्जन गर्न सकिनेछ । लामो दुरीको यात्रा हुने योग रहेको छ ।
- मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) भौतिक तथा बिलासी सामानको प्रयोग गर्न पाइनेछ । पढाइ लेखाइ तथा खोजीमूलक क्षेत्रबाट नाम कमाउन सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट आम्दानी गर्न सकिनेछ । व्यापारमा स्रोत साधन जुट्नाले प्रशस्त आम्दानी हुनेछ । व्यवसाय विस्तारकै सवालमा यात्रा हुनेछ ।
- कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) विद्या तथा प्रतिस्पर्धा भावमा गोचर गर्ने चन्द्रमाले पढाइ लेखाइमा सफलता हात पार्न सकिनेछ । बुद्धिको प्रयोग गरी अरूलाई प्रभावित पार्न सकिनेछ । आफन्त तथा सन्तानको साथ पाइने तथा उनीहरूको प्रगतिमा मन रमाउनेछ । मनमुटुमा राखेको मानिसबाट उपहार प्राप्त हुँदा मन खुसी हुनेछ । निर्माण सामाग्री, खाद्यान्न तथा अनलाइन व्यापारबाट मनग्गे लाभ लिन सकिनेछ ।
- मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) धन, सम्पत्ति, चिठ्ठा तथा उपहार प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने पति पत्नी बिचको मायाको गाँठो कसिलो भएर जानेछ । सन्तान तथा छोराछोरीले तपाईँको काममा भरपुर सहयोग गर्नेछन् भने सन्तानको प्रगतिमा मन रमाउनेछ । विद्यामा उत्कृष्ट नतिजा हात लाग्ने तथा पुरस्कार तपाईँकै पोल्टोमा पर्नेछ । वित्तीय क्षेत्र तथा शेयर बजारमा आज गरिने लगानीबाट भविष्यमा राम्रो आम्दानी हुनेछ ।
तपाईँको दिन शुभ रहोस् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विश्वकप २०२६ को समूह चरणपछि को कति शक्तिशाली ?
-
पोखराका दुई उत्कृष्ट किसान सम्मानित
-
गण्डकीको बजेट पारित, ३३ अर्बमा कुन मन्त्रालयलाई कति बजेट ?
-
‘द चेक रिपब्लिक’मा ४१ दशमलव १० डिग्री सेल्सियस तापक्रमको नयाँ कीर्तिमान
-
ड्रागन फ्रुट महोत्सव : १० मेट्रिकटन बिक्री, २५ लाखको कारोबार
-
चट्याङ लागेर एक महिलाको मृत्यु
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण