हराएका दुई बालकको जंगलबाट सकुशल उद्धार
मङ्गलबार, २२ पुस २०८२, १५ : २४
रसुवा । रसुवाको कालिका गाउँपालिका–१ पुरानो राम्चेबाट हराएका दुई बालकलाई नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा सकुशल फेला पारिएको छ। पुस २० गतेदेखि सम्पर्कविहीन भएका ११ र ६ वर्षका बालकहरूलाई भदौरे जंगल इलाकामा फेला पारिएको हो।
बालकहरू हराएको सूचना पाएलगत्तै श्रीनाथ गणबाट खोज तथा उद्धार टोली परिचालन गरिएको थियो। नेपाली सेनाको उक्त टोलीले नेपाल प्रहरी र स्थानीयवासीसँगको समन्वयमा व्यापक खोजी गर्दा पुस २१ गते उनीहरूलाई जंगलमा फेला पार्न सफल भएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इन्डोनेसियामा सरकार विरोधी प्रदर्शन, दर्जनौँ पक्राउ
-
तिलागुफाले स्थानीयलाई काजकिरिया खर्च उपलब्ध गराउने
-
नागढुंगा–मुग्लिन सडक खण्डमा मनसुन पूर्वतयारी, ९ स्थान पहिरोको उच्च जोखिममा
-
पुरुषको यौन स्वास्थ्यले दिन्छ हृदयाघात र मधुमेहको अग्रिम चेतावनी
-
हालसम्म कुन–कुन राष्ट्रिय टीम नकआउट चरणमा छनोट भए, कुन–कुन बाहिरिए ?
-
सीप प्रमाणीकरण प्रक्रियालाई तत्काल स्थगन गर्न नेपाल सरकारद्वारा साउदी सरकारसँग आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण