आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

काठमाडाैँकाे गैरीगाउँमा भीषण आगलागी

मङ्गलबार, २२ पुस २०८२, १५ : ४०
मङ्गलबार, २२ पुस २०८२

काठमाडौँ । काठमाडाैँकाे गैरीगाउँमा भीषण आगलागी भएकाे छ । मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा भीषण आगलागी भएको हाे । 

काठमाडौँ महानगरपालिकाका नगर प्रहरीका अनुसार आगलागी भएको मुस्लो देखिएपछि अहिले महानगरको दमकल पठाइएको छ । 

महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने, ‘के भएको यकिन जानकारी छैन, एउटा कारखानामा आगलागी भएको जानकारी आएको छ । दमकल पठाइसकिएकाे छ ।’ 

काठमाडौँ प्रहरी परिसरका प्रवक्ता एसपी पवन भट्टराईका अनुसार अहिले उक्त ठाउँमा दमकल पुगिसकेको छ । 

त्रिभुवन विमानस्थलको कार्यालयले भने विमानस्थलमा अहिले समस्या नरहेको जनाएको छ । यद्यपि केही जहाजहरू भने ट्राफिकको कारण होल्ड भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप