अपडेट
गैरीगाउँको आगलागी नियन्त्रणमा कठिनाइ : चार दमकल पुगे, ललितपुरबाट पनि मगाइयाे
मङ्गलबार, २२ पुस २०८२, १६ : ००
काठमाडौँ । काठमाडौँको गैरीगाउँमा भीषण आगलागी भएपछि अहिले काठमाडौँ महानगरपालिकाका ४ दमकल पुगेका छन् । मंगलबार गैरीगाउँस्थित कारखाना छेउमा रहेको टहरोमा भीषण आगलागी भएको हो ।
नगर प्रहरीका अनुसार अहिले ४ वटा दमकल पठाइएको छ भने ललितपुरको दमकल पनि मगाइएको छ ।
महानगरको विपद् व्यवस्थापन विभाग प्रमुख समेत रहेका नगर प्रहरी उपरीक्षक विष्णुप्रसाद जोशीले भने,‘हाम्रो ४ दमकल पुगिसक्यो, ललितपुरबाट पनि मगाएको छौँ । थप सहयोग पनि मागिरहेका छौँ । मानिसको भिडभाड भएकोले नियन्त्रणमा लिन कठिनाइ भइरहेको छ । नियन्त्रणको प्रयासमा छौँ ।’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण