विमलेन्द्र निधिमाथि दुर्व्यवहारको विरोध: कोटेश्वरमा महामन्त्री थापाविरुद्ध प्रदर्शन
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाविरुद्ध कांग्रेस कार्यकर्ताहरूको एक समूहले काठमाडौँको कोटेश्वर चोकमा प्रदर्शन गरेको छ ।
पार्टी नेता एवं पूर्व गृहमन्त्री विमलेन्द्र निधिलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरूले थापाविरुद्ध राँको बालेर नाराबाजी गरेका हुन् ।
तरुण दलका केन्द्रीय सदस्य सुशील बुढाथोकीको नेतृत्वमा प्रदर्शनकारीहरूको समूहले कोटेश्वर चोकमा भेला भएर महामन्त्री थापाको विरोध गरेका थियो ।
निधिमाथि भएको भनिएको दुर्व्यवहारलाई लिएर उनीहरूले चर्को नाराबाजीसहित थापाको विरोध गरे ।
यसअघि कांग्रेसमा विशेष महाधिवेशन गर्ने वा नगर्ने भन्नेबारे देखिएको दुई धारको विवादबिच मंगलबार केन्द्रीय कार्यसम्पादन समिति बैठकमा सहभागी हुन सानेपास्थित पार्टी कार्यालय पुगेका नेता निधि र कार्यालयमा प्रदर्शनरत समूहबिच चर्काचर्की भएको थियो ।
प्रदर्शन गर्नेहरूमध्ये केहीले नेता निधिलाई अपशब्द प्रयोग गरेको भिडियोमा सुन्न सकिन्छ ।कोटेश्वरमा भएको आजको प्रदर्शन सोही घटनाको प्रतिक्रियास्वरूप भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण