सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

कस्तो रहला तपाईँको दिन ? हेर्नुहोस् आजको राशिफल

बुधबार, २३ पुस २०८२, ०५ : ०२
बुधबार, २३ पुस २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल पौष २३ गतेको बार, तिथि, नक्षत्र र योगको जानकारी दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मको राशिफलमा ग्रहगोचरको प्रभाव र दैनिक जीवनमा पार्ने असरबारे चर्चा गरिएको छ।
  • शुभ र अशुभ समयको जानकारी, राहुकाल र ब्रहा मुहूर्तको बारेमा जानकारी दिइएको छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल पौष २३ गते । बुधबार । इस्वी सन् २०२६ जनवरी ७ तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–चतुर्थी, ९ घडी ३० पला, बिहान १० बजेर ४६ मिनेट उप्रान्त पञ्चमी । नक्षत्र–मघा, २२ घडी ४७ पला, बेलुकी ४ बजेर ४ मिनेट उप्रान्त पूर्वाफाल्गुनी । योग–आयुष्मान, ३९ घडी ५० पला, बेलुकी १० बजेर ५४ मिनेट उप्रान्त सौभाग्य । करण–बालव, बिहान १० बजेर ४६ मिनेट उप्रान्त कौलव, बेलुकी १० बजेर ३३ मिनेट उप्रान्त तैतिल । आनन्दादिमा–चर योग । चन्द्रराशि–सिंह ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २१ मिनेट । दिनमान २६ घडी ३ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ५८ मिनेटसम्म लाभ बेला ।
  • बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म अमृत बेला ।
  • बिहान ८ बजेर १७ मिनेटदेखि बिहान ९ बजेर ३४ मिनेटसम्म काल बेला ।
  • बिहान ९ बजेर ३५ मिनेटदेखि बिहान १० बजेर ५२ मिनेटसम्म शुभ बेला ।
  • बिहान १० बजेर ५३ मिनेटदेखि बिहान १२ बजेर १० मिनेटसम्म रोग बेला ।
  • दिउँसो १२ बजेर ११ मिनेटदेखि दिउँसो १ बजेर २८ मिनेटसम्म उद्वेग बेला ।
  • दिउँसो १ बजेर २९ मिनेटदेखि दिउँसो २ बजेर ४६ मिनेटसम्म चर बेला ।
  • दिउँसो २ बजेर ४७ मिनेटदेखि बेलुकी ४ बजेर ५ मिनेटसम्म लाभ बेला ।
  • बेलुकी ४ बजेर ६ मिनेटदेखि बेलुकी ७ बजेर ५ मिनेटसम्म उद्वेग बेला ।

नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

दिउँसो १२ बजेर १० मिनेटदेखि दिउँसो २ बजेर २८ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) बौद्धिक व्यक्तित्वहरू सामु तपाईँले प्रस्तुत गर्नुभएको खरो प्रस्तुतिले सबैको मन जित्नेछ । पढाइ लेखाइमा अरूभन्दा एक कदम अगि बढी नतिजा आफैतिर ल्याउन सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यवसाय फस्टाएर जानेछ भने अन्य व्यवसायमा नाफा कमाउन सकिनेछ । भौतिक तथा मानव निर्मित स्रोत साधनको प्राप्तिको योग रहेको छ । माया प्रेममा सामिप्यता बढेर जानेछ भने जीवन साथीको सहयोगले राम्रा तथा परिणाममुखी काम गर्न सकिनेछ । सन्तान तथा छोराछोरीको प्रगतिमा मन रमाउनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । घरजग्गाको काममा मन्दीको सामना गर्नुपर्नेछ ।  मौसम तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । तर पनि शेयर बजार, कृषि तथा पशुपालन व्यवसायबाट धन आर्जन गर्न सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पढाइ लेखाइमा सुधार गर्दै सफलताको नजिक पुग्न सकिनेछ । माया प्रेममा सामिप्यता बढेर जाने तथा मिल्ने साथीको सहयोगले कामहरू बन्नेछन् । छिमेकीहरू माझ राम्रो कामगर प्रसिद्धि कमाउन सकिनेछ । दाजुभाइ तथा बन्धुबान्धबको सहयोग पाइने हुनाले जोसिलो काम गर्ने जाँगर आउनेछ । सानो प्रयत्नले राम्रो काम गरी फाइदा लिन सकिनेछ भने प्रतिस्पर्धीहरू परास्त हुनेछन् । शेयर बजार तथा औद्योगिक क्षेत्रमा लगानी गरी नाफा कमाउन सकिनेछ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गीत सङ्गीत तथा कला साहित्यमा समय दिनेहरूले मनग्गे लाभ लिन सक्नेछन् । प्रेमको डोरो कसिलो भएर जानेछ । कामहरू समयमा नै सम्पन्न हुने हुनाले थप काम गर्न जोस जाँगर बढेर आउनेछ । व्यापार तथा शेयर बजारमा लगानी गरी आम्दानीका बाटाहरू फराकिला हुनेछन् । अध्ययन तथा अनुसन्धानको क्षेत्रमा राम्रो प्रगति गर्न सकिनेछ भने तपाईँको बौद्धिकताको सबैले सम्मान गर्नेछन् ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) समाजमा राम्रा काम गर्न सकिने हुँदा इज्जत प्रतिष्ठामा वृद्धि हुनेछ । बन्द व्यापार फस्टाएर जाने तथा शेयर बजारमा नाफा कमाउन सकिने हुनाले आर्थिक अवस्था सुदृढ हुनेछ । प्रेममा एक अर्कालाई विश्वास गर्न सकिने हुनाले मन प्रसन्न हुनेछ । नयाँ प्रविधिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । राजनीतिमा सबैलाई मिलाएर लान सकिने हुँदा पद प्राप्तिको योग रहेको छ । परिवारका साथ रहेर मिठो मसिनो भोजन गर्ने अवसर जुर्नेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) आम्दानी भन्दा खर्च बढ्नाले दैनिकी असहज हुनसक्छ ध्यान दिनुहोला । लगानी बढाए पनि आम्दानी कम नै हुनेछ । माया प्रेममा एक अर्कालाई आशंका गर्नाले टाढिनु पर्ने बाध्यता आउनेछ । तर पनि पढाइ लेखाइमा सोचेजस्तो नतिजा ल्याउन सकिनेछ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय राम्रो रहेको छ । वित्तीय बजारमा आज गरिने लगानीबाट थोरै भए पनि नाफा कमाउन सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) सञ्चित धन सम्पत्तिको प्रयोग मार्फत आम्दानी बढाउन सकिनेछ । प्राकृतिक स्रोत साधनको प्रयोग तथा परिचालन मार्फत मनग्गे धन आर्जन गर्न सकिनेछ । इच्छा तथा चाहना बुझ्न सकिने हुनाले प्रेममा उमङ्ग छाउनेछ । पढाइ लेखाइमा मन जाने हुनाले चाहेको सफलता चुम्न सकिनेछ । आफन्त तथा दाजुभाइको सहयोगले सवारी साधनको खरिद गर्न सकिनेछ । यात्रा, खानपान तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।  
  • वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी भनेजस्तो आम्दानी गर्न सकिनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा बढोत्तरी हुने योग रहेको छ । सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । अध्ययन अध्यापनमा मन जानेछ भने माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) खोज तथा अनुसन्धानको क्षेत्रमा सकारात्मक उपलब्धि हासिल हुनेछ । पढाइ लेखाइकै सिलसिलामा लामो तथा छोटो दुरीको यात्रा हुनेछ । स्वास्थ्य सबल हुनाले पुरुषार्थी काम गरी आम्दानी बढाउन सकिनेछ । माया प्रेमको डोरो कसिलो भएर जाने तथा पति पत्नी बिच अझ विश्वास बढेर जानेछ । नाफामुखी व्यापार भन्दा सेवामुखी व्यापार व्यवसाय फस्टाएर जानेछ । शेयर बजार, खाद्यान्न, निर्माण सामाग्रीको लगानीबाट मनग्गे धन आर्जन गर्न सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) व्यापार व्यवसायमा लगानी गर्नको लागी केहि समय कुर्नु नै उत्तम हुनेछ । काम गर्दा ध्यान दिनुहोला ऋण तथा संकटको सामना गर्नुपर्ने हुनसक्छ । मन परेको मानिस टाढिने हुँदा मन खिन्न हुनेछ । आफन्त तथा दिदी बहिनीसँग मनमुटाब सिर्जना हुने योग रहेको छ । पढाइ लेखाइमा कडा मेहनत गर्दा मात्र नतिजा हात पार्न सकिनेछ । भौतिक सम्पत्तिको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) रमाइलो तथा पारिवारिक माहौलमा दिन बित्नेछ भने मिष्टान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । व्यापार, शेयर बजार तथा उद्योगमा सानो लगानीबाट पनि मनग्गे धन आर्जन गर्न सकिनेछ । अध्ययनमा तपाईँको नाम अग्र स्थानमा आउनेछ । भौतिक साधन स्रोत तथा उपकरण जुट्नाले दैनिक काम गर्न सहज हुनेछ । प्रेम तथा मित्रताको बन्धन कसिलो भएर जानेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  स्रोत साधन जुटाई नयाँ कामको थालनी गर्न सकिनेछ । व्यापार फस्टाएर जाने तथा थप लगानी गर्ने वातावरण बनाउन सकिनेछ । प्रतिस्पर्धीलाई किनारा लगाउँदै अधिकार तथा प्रतिष्ठा जोगाउन सफल होईनेछ । पढाइ लेखाइमा गरिएको मेहनतबाट भनेजस्तो प्राप्ताङ्क हात पार्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री, अटो पार्टस् तथा शेयर बजारमा आज गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप