शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

लिङ्देनले देउवालाई दिए पृथ्वी जयन्तीको निम्ता

बुधबार, २३ पुस २०८२, १६ : ४९
बुधबार, २३ पुस २०८२

सारांश

  • राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन र कांग्रेस सभापति शेरबहादुर देउवाबीच भेटवार्ता भयो।
  • भेटमा आसन्न चुनाव र समकालीन राजनीतिबारे छलफल भएको थियो।
  • लिङ्देन पृथ्वी जयन्तीको अवसरमा चियापानको निम्तो दिन देउवा निवास पुगेका थिए।

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबिच भेटवार्ता भएको छ । बुधबार राप्रपा अध्यक्ष लिङ्देन र पूर्वप्रधानमन्त्री समेत रहेका सभापति देउवाबिच भेटवार्ता भएको हो । 

पृथ्वी जयन्तीको अवसरमा राप्रपाद्वारा आयोजित चियापानको निम्तो दिन अध्यक्ष लिङ्देन देउवा निवास पुगेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।  भेटमा दुई पार्टीका अध्यक्षहरूबिच आसन्न चुनाव र समकालीन राजनीतिका विभिन्न विषयमा कुराकानी भएको श्रेष्ठले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप