सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

शनिबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् तपाईँको राशिफल

शनिबार, २६ पुस २०८२, ०५ : ००
शनिबार, २६ पुस २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल पौष २६ गतेको बार, तिथि, नक्षत्र, योग र करणसहितको जानकारी प्रस्तुत गरिएको छ।
  • काठमाडौँमा सूर्योदय र सूर्यास्तको समय र दिनमानबारे जानकारी दिइएको छ, साथै बार बेला र राहुकालको समय पनि उल्लेख गरिएको छ।
  • मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल प्रस्तुत गरिएको छ, जसमा विभिन्न ग्रहको प्रभावबारे बताइएको छ।

आजको पञ्चाङ्ग
वि.सं.२०८२ साल पौष २६ गते । शनिबार । इस्वी सन् २०२६ जनवरी १० तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । दक्षिणायनं । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–सप्तमी, ११ घडी २ पला, बिहान ११ बजेर २३ मिनेट उप्रान्त अष्टमी । नक्षत्र–हस्त, २९ घडी २७ पला, बेलुकी ६ बजेर ४५ मिनेट उप्रान्त चित्रा । योग– अतिगण्ड, ३३ घडी १७ पला, बेलुकी ८ बजेर १७ मिनेट उप्रान्त सुकर्मा । करण–बव, बिहान ११ बजेर २३ मिनेट उप्रान्त बालव, बेलुकी ११ बजेर ५६ मिनेट उप्रान्त कौलव । आनन्दादिमा–मृत्य योग । चन्द्रराशि–कन्या ।

काठमाडौँमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर २४ मिनेट । दिनमान २६ घडी ८ पला ।

आजको बार बेला ।
बिहान ६ बजेर ५८ मिनेटसम्म काल बेला ।
बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १६ मिनेटसम्म शुभ बेला ।
बिहान ८ बजेर १७ मिनेटदेखि बिहान ९ बजेर ३५ मिनेटसम्म रोग बेला ।
बिहान ९ बजेर ३६ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म उद्वेग बेला ।
बिहान १० बजेर ५४ मिनेटदेखि बिहान १२ बजेर ११ मिनेटसम्म चर बेला ।
दिउँसो १२ बजेर १२ मिनेटदेखि दिउँसो १ बजेर ३० मिनेटसम्म लाभ बेला ।
दिउँसो १ बजेर ३१ मिनेटदेखि दिउँसो २ बजेर ४८ मिनेटसम्म अमृत बेला ।
दिउँसो २ बजेर ४९ मिनेटदेखि बेलुकी ४ बजेर ७ मिनेटसम्म काल बेला ।
बेलुकी ४ बजेर ८ मिनेटदेखि बेलुकी ७ बजेर ७ मिनेटसम्म लाभ बेला ।
नोट : शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल
बिहान ९ बजेर ३४ मिनेटदेखि बिहान १० बजेर ५३ मिनेटसम्म राहुकाल रहनेछ ।
नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त
बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) कुनै पनि विवाद वा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । मुद्दा मामिला तथा यस्तै क्रियाकलापमा सामेल नहुनु नै राम्रो रहेको छ । आफन्त तथा कुटुम्बसँग मनमुटाब बढ्ने योग रहेको छ । शत्रुहरूले टाउको उठाउन खोज्नेछन् ध्यान दिनुहोला । व्यापारमा भनेजस्तो आम्दानी नहुने हुनाले दैनिकी प्रभावित हुनेछ । तपाईँको कामबाट अरूले फाइदा लिन खोज्नेछन् । स्वास्थ्यमा सामान्य समस्या आई खर्च बढ्नेछ ।
  •  
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) राम्रा काम गरी अरूको विश्वास जित्न सकिनेछ । प्रविधिको प्रयोग मार्फत आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई किनार लगाउँदै विजय भइनेछ । आफन्त तथा सन्तानबाट भनेजस्तो सहयोग पाइनाले मन प्रसन्न रहनेछ । खर्च बढे पनि राम्रा काम गर्दै अगाडी बढ्न सकिनेछ । स्वास्थ्य सामाग्री, निर्माण सामाग्रीको लगानीबाट नाफा कमाउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आमा वा आमासँग मनमुटाब बढ्ने वा छुट्टिएर लामो दुरीको यात्रा गर्नुपर्दा मन खिन्न हुनेछ । राजनीति तथा समाजसेवामा समय लगानी गर्नेहरूका लागी समय मध्यमय रहेकोले मान सम्मान तथा पद प्राप्तिको योग टरेर जानेछ । स्वास्थ्यमा सामान्य समस्या आउने तथा छाती सम्बन्धी समस्या बढ्नेछ । पढाइ लेखाइमा विभिन्न कारणले समय दिन सकिने छैन । सवारी साधन चलाउँदा वा घर जग्गाको कारोबार गर्दा ध्यान दिनुहोला ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) असजिलो परिस्थितिमा साथ दिनेहरू कमै भेटिनेछन् । कुनै पनि काम गर्दा नियम संगत गर्नुहोला, बलजफ्ती गर्दा समस्या आउन सक्छ । बन्धुबान्धबहरूसँग मनमुटाब बढ्ने तथा छिमेकीहरूसँग विवाद हुने योग रहेको छ । पढाइ लेखाइमा मन नजाँदा अरूभन्दा पछि परिनेछ । छोटो दुरीको यात्रा गर्दा वा सवारी साधनको प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) सानो प्रयत्नले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ भने आफन्त तथा कुटुम्बको सहयोग पाइनेछ । ज्ञान, कला तथा साहित्यलाई निखार्न सकिनेछ । बिचार र बोलीले धेरैको मन जित्न सकिनेछ । परिवारका साथ रमाइलो यात्रा गर्न सकिनेछ । प्रेममा रमाउन चाहानेहरुका लागी समय उत्तम रहेको छ । अध्ययन, काम वा गीत सङ्गीतको सवालमा लामो दुरीको यात्राको तय हुनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घर परिवारमा सुखद समाचारले थप उत्साह जगाउनेछ । आम्दानीका स्रोत पहिल्याउन सकिनेछ भने सामाजिक काम गर्दै नाम कमाउन सकिनेछ । नौलो प्रकृतिको काम गरी आयस्रोतमा वृद्धि गर्न सकिनेछ । विभिन्न किसिममा भौतिक लाभ हुनेछ भने सवारी साधन प्राप्तिको योग रहेको छ । कलाकारिता तथा सङ्गीत पेसा व्यवसायमा समय लगानी गर्नेहरूले प्रशस्त रुपैयाँ पैसा कमाउने ग्रहयोग रहेको छ । यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) लगानी गर्दा ध्यान दिनुहोला प्रतिफल पाउन निकै समय खट्नु पर्नेछ । पढाइ लेखाइमा अलि बढी मेहनतको खाँचो पर्ने देखिन्छ । व्यापारमा लगानी गर्नको लागी केही समय पर्खनु नै राम्रो रहेको छ । तर पनि विदेशी लगानीबाट सञ्चालित संस्थाबाट भने मनग्गे मुनाफा कमाउन सकिनेछ । विदेश यात्राको गतिलो योग रहेको छ भने विदेशमा बसेर पेसा व्यवसाय गर्नेहरूका लागी समय फलदायी रहनेछ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार व्यवसायमा लगानी गरी आम्दानीका स्रोतहरू बढाउन सकिनेछ । दाजुभाइ तथा आफन्तबाट भने जस्तो सहयोग हुनेछ । माया प्रेममा सामिप्यता बढेर जाने ग्रहयोग रहेको छ । सवारी साधन तथा अन्य भौतिक सम्पत्तिहरू लाभ हुनेछ । पढाइ लेखाइमा सुधार हुने हुनाले अरू भन्दा अगाडी बढ्न सकिनेछ । इच्छा आकांक्षा तथा मनोकामना पुरा हुने समय रहेको छ भने रोकिएका कामहरू बन्ने तथा नयाँ काम गर्ने अवसर आउनेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) स्वास्थ्य कमजोर रहने र पारिवारिक स्वास्थ्यमा धन खर्च हुनेछ । जग्गा तथा सवारी साधन सम्बन्धी झमेलामा फस्ने ग्रहयोग रहेकोले ख्याल गरेर काम गर्नुहोला । राजनीति तथा समाजसेवामा जनताको काम गर्दा गर्दै आलोचनाको सिकार होइनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्न नसक्दा छुट्टिनु पर्ने बाध्यता आउनेछ । तर पनि अध्ययन वा कामलाई थाती राख्दै यात्रामा निस्कन सकिनेछ ।
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) प्रविधिको प्रयोग मार्फत आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । धार्मिक यात्रा हुने तथा मन्दिर र धार्मिक प्रतिष्ठानको यात्रा गरी टिका तथा प्रसाद ग्रहण गर्न सकिनेछ । माया प्रेममा साथ पाइने तथा रमाइलो यात्रा गर्न सकिनेछ । खाद्यान्न, निर्माण सामाग्री तथा अटो पार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । काम वा अध्ययनको लागी विदेश जान खोज्दै हुनुहुन्छ भने समयले साथ दिनेछ । अध्ययन वा कामबाट विश्राम लिँदै यात्राको निस्कन सकिनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) खानपान तथा मौसमको ध्यान दिनुहोला स्वास्थ्यमा समस्या आई औषधी उपचार खर्च बढ्नेछ । धेरै समय दिए मात्र व्यापार व्यवसायमा आम्दानी गर्न सकिनेछ । सामाजिक काममा समय दिन नसकिने हुनाले जिम्मेवारी वहन नगर्नु नै ठिक हुनेछ । अध्ययनमा मन नजानाले नतिजा अरूकै पोल्टोमा पर्नेछ । प्रेममा धोका हुनेछ । भौतिक सम्पत्ति प्रयोग गर्दा ध्यान दिनुहोला ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)  गीत सङ्गीत तथा मनोरञ्जनात्मक क्षेत्रको प्रतिनिधित्व गर्दै यात्रामा निस्कन सकिनेछ । लेखन कला तथा साहित्यमा बाकी रहेका कामलाई सकाउन सकिनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्रा हुने ग्रहयोग रहेको छ । बिलासी वा महँगा सामानको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिने तथा जीवन साथीको सहयोगले राम्रा काम गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दुर्गा प्रसाद भण्डारी
दुर्गा प्रसाद भण्डारी
लेखकबाट थप