शनिबार, २३ जेठ २०८३
ताजा लोकप्रिय

कास्कीको सिमतालमा केबुलकार आपत्कालीन उद्धार अभ्यास

शनिबार, २६ पुस २०८२, ०९ : ५७
शनिबार, २६ पुस २०८२

सारांश

  • कास्कीको पोखरा महानगरपालिका-१८ साराङककोटस्थित सिमतालमा केबुलकार आपत्कालीन उद्धार अभ्यास सम्पन्न भयो।
  • सशस्त्र प्रहरी बल नेपाल र अन्नपूर्ण केबलकार प्रालिको सहकार्यमा आपत्कालीन उद्धार अभ्यास गरिएको थियो।
  • उद्धार अभ्यासको मुख्य उद्देश्य यात्रुको जीवन रक्षा र सुरक्षालाई प्राथमिकता दिनु थियो।

पोखरा । कास्की जिल्लाको पोखरा महानगरपालिका–१८ साराङककोटस्थित सिमतालमा शुक्रबार केबुलकार आपत्कालीन उद्धार अभ्यास सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नं.२४ कालिका गण कास्की र अन्नपूर्ण केबलकार प्रालि लिमिटेडको सहकार्यमा  केबलकार आपत्कालीन उद्धार अभ्यास गरिएको हो ।

केबलकार सञ्चालनको क्रममा आईपर्नसक्ने सम्भावित आपत्कालीन अवस्थाहरूमा यात्रुहरूको जीवन तथा सुरक्षालाई प्राथमिकतामा राखी कसरी सुरक्षित, छिटो र प्रभावकारी उद्धार गर्न सकिन्छ भन्ने अभिप्रायका साथ सो उद्धार अभ्यास सञ्चालन गरिएको हो ।

1 (2)

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो अभ्यास कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं‍. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय भद्रभलाद्मी तथा सञ्चारकर्मीहरूको समेत उपस्थिती रहेको थियो ।

1000112711

कार्यक्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सशस्त्र प्रहरी बल नेपालले खोज तथा उद्धार कार्यमा गरेको कार्यको मुक्तकण्ठले प्रशंसा समेत गरेका थिए । 

1 (1)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप