पहिलो एकदिवसीयमा न्युजिल्यान्डले भारतलाई दियो ३०१ रनको लक्ष्य
आइतबार, २७ पुस २०८२, १८ : १९
वडोदरा । भारत र न्युजिल्यान्डबिचको एकदिवसीय क्रिकेट शृंखलाअन्तर्गतको पहिलो खेलमा न्युजिल्यान्डले भारतलाई ३०१ रनको लक्ष्य दिएको छ ।
वडोदराको कोटाम्बी स्टेडियममा आइतबार जारी खेलमा भारतले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको थियो ।
टस हारेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै ३०० रन बनाएको थियो । न्युजिल्यान्डका लागि डेरिल मिचेलले ७१ बलमा ८४ रनको उत्कृष्ट इनिङ्स खेले । उनका अलावा हेनरी निकोल्सले ६२ रन र डेभोन कन्वेले ५६ रन जोडे ।
भारतका लागि मोहम्मद सिराज, प्रसिद्ध कृष्णा र हर्षित रानाले २–२ विकेट लिए । त्यस्तै कुलदीप यादवले एक विकेट हात पारे ।
प्रतियोगिताअन्तर्गत दोस्रो खेल जनवरी १४ र तेस्रो खेल जनवरी १८ मा हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण