कांग्रेस संस्थापनको रणनीति : वेट एन्ड सी
सारांश
- काठमाडौंमा जारी विशेष महाधिवेशनमा नेपाली कांग्रेसको संस्थापन पक्ष 'पर्ख र हेर'को रणनीतिमा छ।
- संस्थापन पक्षले पार्टी सभापति शेरबहादुर देउवासँग आगामी कदमबारे छलफल गरेको छ।
- कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले बन्दसत्रको निर्णयअनुसार कदम चाल्ने बताए।
काठमाडौँ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा काठमाडौँको भृकुटीमण्डपमा पार्टीको विशेष महाधिवेशन जारी रहँदा नेपाली कांग्रेसको संस्थापन पक्षले भने ‘पर्ख र हेर’ को रणनीति अख्तियार गरेको छ । सोमबारदेखि सुरु हुने विशेष महाधिवेशनको बन्द सत्रले लिने निर्णयअनुसार आफूहरूले कदम चाल्ने संस्थापन पक्षले तयारी गरेको हो ।
यता, विशेष महाधिवेशनको उद्घाटन सत्र चलिरहँदा संस्थापन पक्षका नेताहरूले आइतबार साँझ पार्टी सभापति शेरबहादुर देउवासँग छुट्टाछुट्टै छलफल गरेका थिए । नेताहरू देउवालाई भेट्न उनको निवास महाराजगञ्ज पुगेर आगामी कदमबारे मन्थन गरेका थिए ।
रातोपाटीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सभापतिसँग नेताहरूको छलफल भए पनि अहिले नै यसरी बढ्ने भन्नेबारे कुनै पनि निर्णय नभएको बताए । ‘हामीले कसरी बढ्ने भनेर कुनै पनि रणनीति बनाएका छैनौँ । बन्दसत्र कसरी अगाडि बढ्छ त्यही अनुसार हामीले कदम चाल्छौँ ।’
उनले आफूहरू कानुनी रूपमा बलियो रहेको पनि जिकिर गरे । ‘उहाँहरू यसरी नगएको भए हुन्थ्यो । अब अगाडि बढेपछि विशेष महाधिवेशनले के निर्णय लिन्छ, सोही अनुसार हाम्रो पनि निर्णय आउँछ,’ उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एक राउन्ड गोली प्रहार गरी ३० हजार क्याप्सुल ट्रामाडोल सहित ३ जना पक्राउ
-
अखिल (क्रान्तिकारी) केन्द्रीय समितिको तेस्रो बैठक सम्पन्न, एकता प्रक्रियालाई अन्तिम टुङ्गो दिने निर्णय
-
२ मतको अन्तरले रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
-
एचआइभी नियन्त्रण र उपचारमा सुधार भए पनि लाञ्छना र विभेद अझै गम्भीर
-
ब्राजिल विरुद्ध मोरक्को : टिम, तथ्यांक र पूर्वानुमान
-
मोहनचन्द्र अधिकारीको ‘जगेडा जिन्दगी’ सार्वजनिक
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण