आइतबार, १४ असार २०८३
ताजा लोकप्रिय

‘विशेष महाधिवेशनलाई संविधान, कानुन र निर्वाचन आयोगले पनि अवैधानिक भन्न सक्दैन’

सोमबार, २८ पुस २०८२, १५ : ३५
सोमबार, २८ पुस २०८२

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले आफूहरूले आयोजना गरेको विशेष महाधिवेशन वैधानिक भएको दाबी गरेका छन् ।

आइतबारदेखि भृकुटीमण्डपमा जारी पार्टीको विशेष महाधिवेशनमा समसामयिक राजनीतिक प्रस्ताव पेस गर्दै उनले संविधान, कानुन र निर्वाचन आयोगले समेत आफूहरूले आयोजना गरेको विशेष महाधिवेशनलाई अवैधानिक भन्न नसक्ने जिकिर गरे ।

महामन्त्री थापाले विशेष महाधिवेशनको वैधानिकतामाथि कानुन प्रश्न उठाउने आँट कसैले गर्न नसक्ने समेत बताए । 

उनले भने,‘यो विशेष महाधिवेशन वैधानिक छ कि छैन ? यसको वैधानिक प्रावधान के छ ? हाम्रो संविधानले के भन्छ ? संविधानले विरलै मात्र यस्तो संविधान छ, जुन संविधानमा राजनीतिक दलसम्बन्धी व्यवस्था गरिएको छ । त्योमध्येको एउटा संविधान भनेको हाम्रो संविधान पनि हो । त्यसैले संविधानभन्दा माथि केही पनि छैन । त्यो संविधानको व्यवस्था के छ, राजनीतिक दलसम्बन्धी ऐनमा के व्यवस्था छ ? हाम्रो विधान निर्वाचन आयोगबाट प्रमाणित विधान हो । आज यो विषयमा कसैले कानुनी प्रश्न उठायो भने नेपालको संविधानको आधारमा, नेपालको नेपालको निर्वाचन आयोगले १, २, ३ हाम्रो विशेष अधिवेशनलाई अवैधानिक भन्न सक्दै सक्दैन । ढुक्क भएर बस्नुस् सक्दैन ।’

महामन्त्री थापाले आफूहरूले कांग्रेसलाई जागृत गराउन पनि सो महाधिवेशन आयोजना गर्नु परेको बताए। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप