समानुपातिक सिफारिसको मापदण्ड एकै किसिमको हुनुपर्यो : मोक्तान
सारांश
- नेपाली कांग्रेस काभ्रेका सचिव युवराज मोक्तानले नेताको भाषण पार्टीको विचार बन्न नहुने बताए।
- उनले समानुपातिक सिफारिसको मापदण्ड एकै किसिमको हुनुपर्ने र महिलाको समान सहभागिता हुनुपर्ने बताए।
- मोक्तानले प्रदेश सभापति र क्षेत्र सभापति खारेज गर्नुपर्ने तथा गैर आवासीय नेपालीको नागरिकताको विषय विधानमा समेट्न आग्रह गरे।
काठमाडौँ । नेपाली कांग्रेस काभ्रे सचिव गुणराज मोक्तानले नेताको भाषण नै पार्टीको विचार बन्न नहुने बताएका छन् । उनले नेताले नेतृत्व गर्दा नीतिगत रूपमा आफ्नो विचारहरू राख्न सक्नुपर्ने र व्यवहारमा लागु हुनुपर्ने बताए। उनले समानुपातिक सिफारिसको मापदण्ड एकै किसिमको हुनुपर्ने बताए ।
सबै जिल्लाबाट पार्टीमा पहुँच नपुग्ने हुनाले भूगोलको अनुसार समान सहभागिता हुनुपर्ने उनले सुझाव दिए । पदाधिकारीहरूमा मुख्य पदमा महिलाहरूको समान सहभागिता हुनुपर्ने उनको माग छ। प्रदेशमा केन्द्रीय महाधिवेशनको प्रतिनिधिले थिचोमिचो नगर्नेखालको विधान हुनुपर्ने उनको सुझाव छ।
प्रदेश सभापति र क्षेत्र सभापति प्रावधान खारेज हुनुपर्ने उनले माग गरे। संसदीय बोर्ड अनुशासन समिति र निर्वाचन समिति महाधिवेशनबाटै छनोट हुनुपर्ने उनले सुझाव दिए । गैर आवासीय नेपालीको नागरिकताको सवालमा विधानमा समेट्न उनले आग्रह गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आम्दानीको प्रमुख माध्यम बंगुर र माछापालन
-
विषवृक्ष रोपे फाल्ने रवि–बालेनको चेतावनी, तर पार्टीमा छताछुल्ल गुटबन्दी
-
स्पेनमा तातो लहरपछि भीषण डढेलो, हजारौँ हेक्टर वन क्षेत्र नष्ट
-
धितोपत्र बोर्डका नवनियुक्त अध्यक्षले लिए शपथ, लगानीकर्ताको हितमा काम गर्न अर्थमन्त्रीको निर्देशन
-
कृषिलाई सम्मानित र लाभदायी पेसा बनाएर युवाहरूलाई आकर्षित गर्नुपर्छ: आङदेम्बे
-
सारिका घिमिरेदेखि थानेश्वर गौतमसम्मले जिते अवार्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण