नेपाल आइन् ‘मिस ग्लोब २०२५’ की विजेता सरादत्त
सारांश
- मिस ग्लोब २०२५ विजेता छायाथानुस सरादत्त नेपाल आइपुगेकी छिन्।
- उनी मिस्टर एन्ड मिस नेसनलका आयोजकको निमन्त्रणामा नेपाल आएकी हुन्।
- नेपाल बसाईको क्रममा, उनले काठमाडौं र आसपासका पर्यटकीय स्थलहरूको भ्रमण गर्नेछिन्।
काठमाडौं । ‘द मिस ग्लोब २०२५’की विजेता छायाथानुस सरादत्त नेपाल आएकी छन् । मंगलबार उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आइपुगेकी हुन् ।
‘मिस्टर एन्ड मिस नेसनल’का राष्ट्रिय आयोजक डा. सन्तोष उपाध्यायको निमन्त्रणमा उनी नेपाल आएकी हुन् । सरादत्तलाई स्वागत गर्न उपाध्यायसहित मिस ग्लोब नेपालका विजेताहरू विमानस्थल पुगेका थिए । उनीसँगै मिस ग्लोबका अन्तर्राष्ट्रिय आयोजक फ्याकी बोजो पनि नेपाल आएका छन् । मिस ग्लोबको उपाधि जितेपछि सरादत्तको यो पहिलो अन्तर्राष्ट्रिय भ्रमण हो ।
पहिलोपटक नेपाल आउन पाउँदा आफू निकै खुसी लागेको बताउँदै उनले नेपालको पहाड र हिमाल घुम्ने इच्छा राखेकी छन् ।
सन् २०२५ मा अल्बानियामा सम्पन्न मिस ग्लोबको फिनालेमा सरादत्तले थाइल्यान्डको प्रतिनिधित्व गर्दै ताज पहिरिएकी थिइन् । उपाध्यायका अनुसार सरादत्त र उनको टोलीको नेपाल बसाइँ पाँच दिनको हुनेछ । यस अवधिमा उनीहरूले काठमाडौंसहित आसपासका पर्यटकीय गन्तव्यहरूको भ्रमण गर्नेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छुट्टाछुट्टै दुर्घटनामा चार जनाले गुमाए ज्यान
-
कुवेतस्थित अमेरिकी प्याट्रियट मिसाइल प्रणाली र सैन्य उपकरणमा आक्रमण गरेको इरानको दाबी
-
विश्वविद्यालयहरूलाई पूर्ण रूपमा राजनीतिक हस्तक्षेपमुक्त बनाइने : शिक्षामन्त्री पोखरेल
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण