फाइनान्स कम्पनीको उछालले उचाल्यो सेयर बजार, ६ अर्ब २० करोडको कारोबार
काठमाडौँ । बुधबार सेयर बजार परिसूचक (नेप्से) परिसूचकमा सामान्य वृद्धि देखिएको छ । दिनभरको उतारचढावकाबिच नेप्से १.५२ अङ्कले बढेर २६४१.४३ को बिन्दुमा पुगेर बन्द भएको छ ।
बजार सुधार हुँदा आज कारोबार रकम भने घटेको छ । आज बजारमा ३२० कम्पनीका १ करोड २५ लाख खरिद–बिक्री हुँदा ६ अर्ब २० करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आजको बजारमा १२५ कम्पनीको सेयर मूल्य बढेको छ भने १२४ कम्पनीको मूल्यमा गिरावट आएको छ। बाँकी ११ कम्पनीको सेयर मूल्य भने स्थिर रहेको छ ।
समूहगत रुपमा आज फाइनान्स समूहको सूचक २.२५ प्रतिशत बढ्दा थप ७ वटा समूह बढ्दा पाँच वटा समूहमा गिरावट आएको छ । फाइनान्स बाहेक सबै सूचक एक प्रतिशत भन्दा कमले घटबढ भएको छ ।
आज सुपर मादी हाइड्रोपावरको सेयर मूल्यमा सबैभन्दा धेरैले बढेको छ । यसको मूल्य ९.९४ प्रतिशतले बढेको हो । त्यस्तै थ्रि स्टार हाइड्रोपावरको ८.२३ प्रतिशत, एनएमबि माइक्रोफाइनान्सको ७.३४ प्रतिशत र गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको मूल्य ५.७३ प्रतिशतले वृद्धि भएको छ ।
कारोबार रकमका आधारमा आज राधी विद्युत कम्पनी अग्रस्थानमा रह्यो। यसको २६ करोड २४ लाख रुपैयाँभन्दाको सेयर कारोबार भएको छ ।
त्यसैगरी युनियन हाइड्रोको २३ करोड २६ लाख, एसवाई प्यानलको २२ करोड १ लाख र मञ्जुश्री फाइनान्स को २१ करोड ३८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज पनि उत्तिकै सान्दर्भिक छन् जोन मेन्यार्ड किन्स
-
आरक्षण कटौती गरिए कर्मचारीतन्त्रमा दलितको सहभागिता सवा प्रतिशत पनि रहँदैन : सचेतक परियार
-
भाइरलको दौड हैन, सदाबहार सिर्जना रोज्दै बबिता
-
गाजापट्टीमा नागरिक तथा नागरिक पूर्वाधारको संरक्षण गर्न राष्ट्रसङ्घको आह्वान
-
एमालेमा पार्टी शुद्धीकरण र पुनर्गठन अभियान : प्रदेशबाट थालियाे सुझाव सङ्कलन
-
जनसाङ्ख्यिक लाभांशमार्फत मधेसको आर्थिक रूपान्तरण कसरी गर्ने ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण