विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुन्छ : गगन थापा
सारांश
- कांग्रेस नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति भङ्ग भएको बताए।
- उनले विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन हुने कुरामा जोड दिए।
- थापाले सानेपामा बसेर गरेको निर्णयप्रति असन्तुष्टि जनाए।
काठमाडौँ । कांग्रेस नेता गगन थापाले शेरबहादुर देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमिति भङ्ग भइसकेकाले नयाँ कार्यसमिति चयन हुने बताएका छन् । भृकुटीमण्डपमा भएको विशेष महाधिवेशन हलमा सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।
उनले विशेष महाधिवेशनमार्फत निर्वाचन प्रक्रिया अघि बढ्ने र नयाँ कार्यसमिति चयन गर्ने बताए । ‘विशेष महाधिवेशनमार्फत नयाँ कार्यसमिति चयन गर्छ’, महाधिवेशन प्रतिनिधिहरूलाई सम्बोधन गर्दै थापाले भने– ‘सानेपामा बसेर गरेको निर्णयबारे मेरो कुनै प्रतिक्रिया छैन, किनभने त्यो अस्ति नै भङ्ग भैसकेको छ ।’
उनले निर्वाचन आयोग र नेपालको संविधान कानुनप्रति विश्वास रहेकाले कांग्रेस विधान अनुसार गरिएको विशेष महाधिवेशनलाई आयोगले मान्यता दिने विश्वास व्यक्त गरे । उनले आफूहरूलाई अलमल्याएर सानेपाले निर्वाचन आयोगमा पत्र पठाएको भन्दै आक्रोश व्यक्त गरे । उनले आफूहरूलाई कारबाही गर्नुअघि स्पष्टीकरण सोध्नुपर्ने भन्दै त्यो कारबाहीको वैधता नरहेको दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
बालेन सरकारको विकल्पका लागि कम्युनिस्ट एकता र सङ्घर्ष जरुरी भयो : वक्ताहरू
-
विश्वकपबाट बाहिरिएपछि उरुग्वे टोलीको चार्टर्ड उडान रद्द
-
सम्पत्ति शुद्धीकरण निवारण विधेयक स्वीकृत
-
नेपालको कम्युनिस्ट आन्दोलन नयाँ अवसर र चुनौतीको सङ्घारमा छ : पूर्वराष्ट्रपति भण्डारी
-
प्रतिनिधि सभाबाट दुई विधेयक पारित, पूरा भयो बजेट प्रक्रिया
-
सहकारी विधेयकमाथि थापाको प्रश्न : पसिनाको कमाइमाथि ठगहरूको रजाइँ ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण