देउवाले गगन–विश्वप्रकाशमाथि गरेको कारबाही मूर्खतापूर्ण र अवैध : वरिष्ठ अधिवक्ता त्रिपाठी
काठमाडौँ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले नेपाली कांग्रेसका महामन्त्रीद्धय गगन थापा र विश्वप्रकाश शर्मामाथि सभापति शेरबहादुर देउवाले गरेको कारबाहीलाई अत्यन्तै मूर्खतापूर्ण र अवैध भएको टिप्पणी गरेका छन् ।
नेपाली कांग्रेसको असन्तुष्ट पक्षले आयोजना गरेको विशेष महाधिवेशन स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै त्रिपाठीले विधानअनुसार महाधिवेशन नै पार्टीको सर्वोच्च निकाय भएको र यसले नेतृत्व परिवर्तन गर्ने पूर्ण अधिकार राख्ने बताए ।
वरिष्ठ अधिवक्ता त्रिपाठीले सभापति देउवाले कांग्रेसलाई ‘प्राइभेट लिमिटेड कम्पनी’ जसरी चलाउन खोजेको आरोप लगाए ।
उनले भने, ‘पार्टीभित्र लोकतन्त्र हुनुपर्छ। पार्टी कुनै प्राइभेट लिमिटेड कम्पनीको रूपमा चल्न सक्दैन। शक्ति सन्तुलन र पार्टीलाई हाइज्याक हुनबाट बचाउनकै लागि विधानमा विशेष महाधिवेशनको व्यवस्था गरिएको हो।’
महामन्त्रीद्धय थापा र शर्मालाई गरिएको कारबाहीबारे प्रतिक्रिया दिँदै त्रिपाठीले सभापति देउवा खराब कानुनी सल्लाह को शिकार भएको बताए। ‘यो कारबाही अत्यन्तै मूर्खतापूर्ण छ। विधानले यो कारबाहीलाई चिन्दैन,’ त्रिपाठीले भने, ‘निर्वाचित महामन्त्रीहरूले विधानको धारा १५ को प्रयोग गरी विशेष महाधिवेशनको माग गर्दा कारबाही गर्नु हास्यास्पद हो ।’
त्रिपाठीले विशेष महाधिवेशन पूर्ण रूपमा वैधानिक रहेको जिकिर गरे। उनले कांग्रेसको विधानको धारा १५ अनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले लिखित रूपमा माग गरेपछि ३ महिनाभित्र विशेष महाधिवेशन बोलाउनुपर्ने नेतृत्वको बाध्यकारी दायित्व रहेको प्रस्ट पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४० अर्ब हाराहारीको बजेट बनाउँदै कोशी प्रदेश
-
रास्वपा लुम्बिनी अधिवेशन : मतदान सुरु
-
बारा र खोटाङसहितका जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता असार ७ सम्म अद्यावधिक गर्न सकिने
-
पूर्वआयोजक र युरोपेली डार्क हर्सबिच मध्यराति भिडन्त
-
कोशीको आर्थिक वृद्धिदर ३.१३ प्रतिशत पुग्ने अनुमान, प्रतिव्यक्ति आम्दानी १,४१० डलर (पूर्णपाठ)
-
एकताको नारामा संस्थापनविरुद्ध एक हुँदै कांग्रेसको इतर पक्ष
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण