बिहीबार, ११ असार २०८३
ताजा लोकप्रिय

नेपालको बलिङ कन्सलट्यान्ट कोचमा इयान हार्भे नियुक्त

बिहीबार, ०१ माघ २०८२, १९ : ०४
बिहीबार, ०१ माघ २०८२

काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान)ले आफ्नो बलिङ कन्सलट्यान्ट कोचमा इयान हार्भेलाई नियुक्त गरेको छ ।

क्यानले बिहीबार विश्वकपको तयारीमा रहेको नेपाली टोलीको बलिङ कन्सलट्यान्ट कोचमा हार्भेलाई नियुक्त गरेको हो । 

नेपालले भारत र श्रीलङ्कामा आयोजना हुने आइसीसी टी २० विश्व कप क्रिकेटमा सहभागिता जनाउँदै छ ।

तेस्रो पटक विश्वकपमा सहभागी जनाउन लागेको नेपाली टोलीले पहिलो खेलमा फेब्रुअरी ८ मा इङ्ल्यान्डसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

नेपाली टोलीको समूह चरणका सम्पूर्ण खेल भारतस्थित वानखाडे क्रिकेट स्टेडियममा हुनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप