आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

राष्ट्र सङ्घीय मिसनको फोर्स कमाण्डरमा श्रेष्ठ नियुक्त

शुक्रबार, ०२ माघ २०८२, १६ : ५३
शुक्रबार, ०२ माघ २०८२

सारांश

  • गणेश कुमार श्रेष्ठ संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसनको फोर्स कमाण्डरमा नियुक्त भएका छन्।
  • उनी माघ ३ गते कार्यक्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ र यो नेपाली सेनाको लागि ऐतिहासिक उपलब्धि हो।
  • यसअघि सात जना नेपाली सैनिक अधिकारीहरूले विभिन्न शान्ति मिसनमा फोर्स कमाण्डरको रूपमा नेतृत्व गरिसकेका छन्।

काठमाडौँ । नेपाली सेनाका बलाध्यक्ष रथी गणेश कुमार श्रेष्ठ संयुक्त राष्ट्र सङ्घीय शान्ति मिसन 'युनाइटेड नेसन्स इन्टरिम सेक्युरिटी फोर्स फर अब्येई' (युनिस्फा) को फोर्स कमाण्डरमा नियुक्त भएका छन्। यस महत्वपूर्ण जिम्मेवारी सम्हाल्न उनी भोलि माघ ३ गते कार्यक्षेत्रतर्फ प्रस्थान गर्ने कार्यक्रम रहेको छ। 

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले गत मङ्सिर १६ गते रथी श्रेष्ठलाई उक्त पदमा नियुक्त गर्ने निर्णय गरेका थिए। यो नियुक्ति नेपाली सेनाका लागि विशेष ऐतिहासिक उपलब्धि मानिएको छ। संयुक्त राष्ट्र सङ्घका विभिन्न शान्ति मिसनहरूमध्ये 'युनिस्फा' मा नेपाली सेनाले पहिलो पटक फोर्स कमाण्डरको उच्च पद प्राप्त गरेको हो। 

यसअघि सन् १९९३ देखि हालसम्म नेपाली सेनाका सात जना उच्च सैनिक पदाधिकारीहरूले विभिन्न पाँच वटा शान्ति मिसनहरूमा फोर्स कमाण्डरको रूपमा सफलतापूर्वक नेतृत्व गरिसकेका छन्। रथी श्रेष्ठको यो नियुक्तिसँगै राष्ट्र सङ्घीय शान्ति मिसनमा फोर्स कमाण्डरको जिम्मेवारी पाउने नेपाली सैनिक अधिकारीको सङ्ख्या आठ पुगेको छ।

नेपाली सेनाले यस किसिमको अन्तर्राष्ट्रिय जिम्मेवारीलाई नेपाल र नेपालीको छविका लागि गौरवको विषय मानेको छ। विश्वका द्वन्द्वग्रस्त मुलुकहरूमा शान्ति स्थापनाका लागि नेपाली सेनाले खेल्दै आएको व्यावसायिक भूमिकाको उच्च कदर गर्दै राष्ट्र सङ्घले यो अवसर प्रदान गरेको हो।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप