यी हुन् बागमती प्रदेशमा एमालेका उम्मेदवार
सारांश
- एमालेले बागमती प्रदेशका ३३ निर्वाचन क्षेत्रमध्ये अधिकांशका लागि उम्मेदवार चयन गरेको छ।
- एमालेका केही नयाँ अनुहार र प्रदेश सभाका सांसदहरू उम्मेदवारको रूपमा छानिएका छन्।
- काठमाडौं, ललितपुर र भक्तपुरका केही निर्वाचन क्षेत्रमा भने उम्मेदवार टुंगो लाग्न बाँकी छ।
काठमाडौँ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले बागमती प्रदेशको ३३ निर्वाचन क्षेत्र मध्ये अधिकांशको उम्मेदवार टुङ्ग्याएको छ । एमालेले बागमती प्रदेशका १३ जिल्लाका ३३ निर्वाचन क्षेत्र मध्ये केही बाहेक सबैमा उम्मेदवार छनौट गरेको हो ।
एमालेले छनौट गरेका उम्मेदवारमा केही नयाँ अनुहारलाई अवसर दिएको छ भने प्रदेश सभा सांसद समेतको नाम समावेश छ ।
एमालेले सिन्धुली क्षेत्र नम्बर १ बाट प्रदीप केसी (कटुवाल) लाई उम्मेदवार बनाएको छ भने सिन्धुली–२ मा मनोजजंग थापालाई टिकट दिएको छ । एमालेबाट रामेछापमा माधवप्रसाद ढुङ्गेल उम्मेदवार बन्ने निश्चित भएको छ भने दोलखामा पार्वत गुरुङ, सिन्धुपाल्चोक–१ मा आङदोर्जे शेर्पा र सिन्धुपाल्चोक–२ मा शेरबहादुर तामाङ उम्मेदवार बन्नेछन् ।
काभ्रेको क्षेत्र नम्बर–१ मा अमित लामा उम्मेदवार बन्दा काभ्रे–२ मा भने उम्मेदवार टुङ्ग्याउन सकेको छैन । सो क्षेत्रको उम्मेदवार एमाले अध्यक्ष केपी शर्मा ओलीले टुङ्ग्याउने गरी राखिएको छ । सो क्षेत्र एमाले नेता गोकुल बास्कोटा चुनाव लड्दै आएको क्षेत्र हो ।
एमालेले धादिङ– १ मा भूमि त्रिपाठी र धादिङ–२ मा धनबहादुर घलेलाई उम्मेदवार बनाएको छ । नुवाकोट–१ मा बद्री मैनाली, नुवाकोट–२ मा केशवराज पाण्डे, रसुवामा प्रेमबहादुर तामाङ उम्मेदवार बन्ने भएका छन् । मकवानपुर–१ मा रामेश्वर राना, मकवानपुर–२ मा महेश बर्तौला, चितवन–१ मा कृष्णराज (कमल) पाठक, चितवन–२ मा अस्मिन घिमिरे र चितवन–३ मा शंकरराज थपलियालाई एमालेले टिकट दिएको छ ।
१० निर्वाचन क्षेत्र रहेको काठमाडौँमा एमालेले ४ क्षेत्र बाहेकका सबैमा उम्मेदवार टुङ्ग्याएको छ । काठमाडौँ–१ मा मोहन रेग्मी, काठमाडौँ–२ मा मणिराम फुयाँल, काठमाडौँ–३ मा रामेश्वर फुयाँल, काठमाडौँ–६ मा अमनकुमार मास्के, काठमाडौँ–८ मा राजेश शाक्य, काठमाडौँ–१० मा विनोद श्रेष्ठ उम्मेदवार हुने भएका छन् । काठमाडौँ–४, ५, ७ र ९ को उम्मेदवार भने अध्यक्ष ओलीले टुङ्गाउने गरी राखेका छन् ।
ललितपुरको ३ क्षेत्र मध्ये ललितपुर–१ मा चेतनाथ सञ्जेल, ललितपुर–२ मा प्रेमबहादुर महर्जनलाई उम्मेदवार बनाएको छ । ललितपुर–३ भने अध्यक्ष ओलीले टुङ्गाउने गरी राखेका छन् । भक्तपुर–१ मा पनि एमाले अध्यक्ष ओलीले उम्मेदवार टुङ्ग्याउने गरी छाडिएको छ भने भक्तपुर–२ मा महेश बस्नेत उम्मेदवार बन्नेछन् ।
उम्मेदवार बनेका मध्ये काठमाडौँ–६ का मास्के बहालवाला प्रदेश सांसद हुन् भने चितवनको ३ वटै क्षेत्रमा एमालेले नयाँ उम्मेदवार खडा गर्ने भएको छ । चितवन–१ का पाठक, २ का घिमिरे र ३ का थपलिया पहिलो पटक चुनावी प्रतिस्पर्धामा होमिएका हुन् । नुवाकोटको उम्मेदवार मैनाली र पाण्डे रसुवाका तामाङ, सिन्धुली १ का केसी बागमती प्रदेशका पूर्व सांसद हुन् भने काठमाडौँ–३ का फुयाँल, ८ का शाक्य र ललितपुर–१ का सन्जेल पनि पूर्व प्रदेश सांसद हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘स्वर्णिम र रविको फरक विचारले रास्वपामा लोकतान्त्रिक बहसको ढोका खोलेको छ’
-
युरोपको भिसा लागेको पासपोर्ट थानकोटबाट बरामद, छुटाउन ६ लाख माग्ने दुईजना पक्राउ
-
विद्यालय तहमा उपभोक्ता शिक्षा सचेतना कार्यक्रम
-
विद्यालय तहको पाठ्यक्रम प्रारूप पुनरवलोकन गर्न सुझाव माग
-
२०० करोडको सम्पत्ति शुद्धीकरण मुद्दामा ज्याकलिनले पाइनन् राहत
-
सेतो गवारोको सङ्क्रमण बढेपछि कफी किसान चिन्तित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण