सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय
आजकाे राशिफल

आइतबार यी राशिहरूका लागि शुभ, हेर्नुहोस् राशिफल

आइतबार, ०४ माघ २०८२, ०४ : ५९
आइतबार, ०४ माघ २०८२

सारांश

  • आजको पञ्चाङ्गमा वि.सं. २०८२ साल माघ ४ गते आइतबारको दिनको जानकारी दिइएको छ।
  • मेषदेखि मीन राशिसम्मका व्यक्तिका लागि राशिफल अनुसार दिन कस्तो रहनेछ भन्ने कुरा बताइएको छ।
  • शुभ कार्यका लागि लाभ बेला र अमृत बेलाको समय उपयुक्त रहने कुरा उल्लेख छ।

आजको पञ्चाङ्ग

वि.सं.२०८२ साल माघ ४ गते । आइतबार । इस्वी सन् २०२६ जनवरी १८तारिख । नेपाल संवत् ११४६ । सिद्धार्थी संवत्सर । उत्तरायण । शिशिर ऋतु । श्रीशाके १९४७ । माघ कृष्णपक्ष । तिथि–औशी, ४६ घडी २४ पला, रातको १ बजेर ३१ मिनेट उप्रान्त प्रतिपदा । नक्षत्र–पूर्वाषाढा, ९ घडी ४६ पला, बिहान १० बजेर ५२ मिनेट उप्रान्त उत्तराषाढा । योग–हर्षण, ३८ घडी ३ पला, बेलुकी १० बजेर ११ मिनेट उप्रान्त बज्र । करण–चतुष्पद, मध्यान्ह १२ बजेर ५६ मिनेट उप्रान्त नाग, रातको १ बजेर ३१ मिनेट उप्रान्त किंस्तुध्न । आनन्दादिमा–शुभ योग । चन्द्रराशि–धनु , बेलुकी ५ बजेर १८ मिनेट उप्रान्त मकर ।

काठमाडौमा सूर्योदय बिहान ६ बजेर ५८ मिनेट । सूर्यास्त बेलुकी ५ बजेर ३१ मिनेट । दिनमान २६ घडी २५ पला ।

आजको बार बेला ।

  • बिहान ६ बजेर ५८ मिनेटसम्म उद्वेग बेला ।
  • बिहान ६ बजेर ५९ मिनेटदेखि बिहान ८ बजेर १८ मिनेटसम्म चर बेला ।
  • बिहान ८ बजेर १९ मिनेटदेखि बिहान ९ बजेर ३६ मिनेटसम्म लाभ बेला ।
  • बिहान ९ बजेर ३७ मिनेटदेखि बिहान १० बजेर ५५ मिनेटसम्म अमृत बेला ।
  • बिहान १० बजेर ५६ मिनेटदेखि बिहान १२ बजेर १४ मिनेटसम्म काल बेला ।
  • दिउसो १२ बजेर १५ मिनेटदेखि दिउसो १ बजेर ३४ मिनेटसम्म शुभ बेला ।
  • दिउसो १ बजेर ३५ मिनेटदेखि दिउसो २ बजेर ५३ मिनेटसम्म रोग बेला ।
  • दिउसो २ बजेर ५४ मिनेटदेखि बेलुकी ४ बजेर १२ मिनेटसम्म उद्वेग बेला ।
  • बेलुकी ४ बजेर १३ मिनेटदेखि बेलुकी ७ बजेर १२ मिनेटसम्म शुभ बेला ।

नोट :शुभकार्य तथा यात्रा गर्दै हुनुहुन्छ भने लाभबेला र अमृत बेलाको समय पारेर गर्नुहोला  ।

राहुकाल

बेलुकी ४ बजेर १२ मिनेटदेखि बेलुकी ५ बजेर ३१ मिनेटसम्म राहुकाल रहनेछ ।

नोट : राहुकालको समयमा कुनै पनि शुभ कार्य गर्नु हुन्न भन्ने शास्त्रीय मान्यता रहेको ।

ब्रहा मुहूर्त

बिहान ५ बजेर २१ मिनेटदेखि बिहान ६ बजेर ९ मिनेटसम्म ब्रहा मुहूर्त रहनेछ ।

आजको राशिफल

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) खोज तथा अनुसन्धानको क्षेत्र बलियो रहनेछ भने पढाइमा मन जानेछ । लामो दुरीको धार्मिक तथा शैक्षिक यात्रा हुने ग्रहयोग रहको छ । बौद्धिक तथा सैद्धान्तिक क्षेत्र फराकिलो हुनेछ । माया प्रेममा रमाउन सकिनेछ भने आफ्ना भावनाहरू साटासाट हुनेछ । सामाजिक तथा परोपकारी काममा मन जानेछ भने धार्मिक नियमको फलो गर्दै नयाँ काम गर्न सकिनेछ । बैक तथा वित्तीय क्षेत्रको लगानीबाट नाफा कमाउन सकिनेछ ।
  • वृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोले आजको दिन भेट्दा ध्यान दिनुहोला । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला । तर पनि पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । धार्मिक स्थल तथा पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर जुर्नेछ । शेयर बजार तथा वित्तीय क्षेत्रमा गरिने लगानीबाट नाफा कमाउन सकिनेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) माया प्रेममा नजिक हुने तथा रमाइलो यात्राको तय गर्न सकिनेछ । भौतिक बस्तु तथा बिलासी सामानको प्रयोग गरी अरूको ध्यान तान्न सकिनेछ । पारिवारिक माहौलमा जमघट भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । एकल तथा साझेदारी व्यवसायबाट भनेजस्तो आम्दानी हुनेछ । बैक तथा वित्तीय क्षत्रे र शेयर बजारमा लगानी गरी आम्दानी बढाउन सकिनेछ । साँझपख यात्रा गर्दा ध्यान दिनुहोला ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) प्रतिस्पर्धामा तपाईंको नाम अग्र स्थानमा आउनेछ । बिछोड भएका आफन्तसँग हुने भेटघाटले मन प्रफुल्लित हुनेछ । व्यापार तथा शेयर बजारको लगानी फस्टाएर जानेछ भने आय आर्जनका स्रोतहरू बढ्नेछन् । सरकारी कार्यालयमा सामान सप्लाई गर्दै हुनुहुन्छ भने मनग्गे आम्दानी हुनेछ । प्रेममा नजिक हुने योग रहेको छ । पुराना ऋण तथा रोगबाट छुटकारा पाइने समय रहेको छ । कुटुम्ब तथा मावली पक्षबाट सहयोग पाइनेछ ।
  • सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) शुभचिन्तक तथा आफन्तको साथ सहयोगले उपलब्धिमूलक कामहरू गर्न सकिनेछ । बौद्धिकताको प्रयोग मार्फत चेतनाको स्तर उकास्न सकिनेछ । माया प्रेमको गाँठो सकिनेछ । शिक्षा क्षेत्रसँग सम्बन्धित व्यापारमा लगानी गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । मन परेको मानिसबाट उपहार तथा भौतिक सम्पत्ति प्राप्त हुनेछ । राज्यको नजिक भएर काम गर्नेहरूले पद पाउने योग रहेको छ ।  
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) घरायसी समस्या एक्कासि बढ्नाले अर्थ अभाव हुनेछ । आमा तथा आमासँग टाढिएर यात्राको तय गर्नुपर्दा मन खिन्न हुनेछ भने आफन्तको साथ पाइने छैन । समाजसेवामा तथा राजनीतिमा पदको दुरुपयोग गर्दा मान सम्मानमा दाग लाग्न सक्छ ध्यान दिनुहोला । अध्ययनमा समय दिए पनी नतिजाको लागी केही समय कुर्नु नै पर्नेछ । साँझपख कृषि तथा पशुपालन व्यवसायबाट मनग्गे आम्दानी हुने योग रहेको छ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको योग रहेको छ ।  
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते) शाहसी तथा पराक्रमी क्रियाकलापमा भाग लिई नाम तथा दाम दुवै कमाउन सकिनेछ । अदालतबाट हुने न्याय सम्पादन तपाईँकै पक्षमा हुनेछ । लेखन, कला तथा साहित्यको क्षेत्र आजको दिन राम्रो रहेको छ । प्रेम सम्बन्धहरूमा आत्मीयता थप प्रगाढ हुनेछ । अनलाइन व्यापार, शेयर बजार तथा उद्योगमा लगानी गरी नाफा कमाउन सकिनेछ । विशिष्ट व्यक्तित्वबाट सम्मान पाइने योग रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापार तथा शेयर बजारको लगानीबाट आम्दानीमा बढोत्तरी हुनेछ । आफ्ना भनाइहरू जनमानसमा लैजान सकिने तथा बोलेरै धन आर्जन गर्न सकिनेछ । आफन्त तथा कुटुम्बका साथ रमाइलो यात्रा गर्दै मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । प्रेममा रमाउने चाहनेहरूका लागी समय फलदायी रहनेछ । बैठक, गोष्ठी तथा राजनीतिक प्रशिक्षण जस्ता कार्यक्रममा समय व्यातित हुनेछ ।  
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) पारिवारिक माहौलमा समय बित्ने हुनाले दिन रमाइलो तथा उल्लासमय रहनेछ । महंगो तथा बिलासी वस्तुको प्रयोग गर्न पाइने योग रहेको छ । राजनीति तथा सामाजिक कार्यमा जनताको समर्थन रहनेछ भने प्रतिष्ठित काम गरी इज्जत कमाउन सकिनेछ । प्रेममा नजिक भई गफिने अवसर प्राप्त हुनेछ । अनलाइन व्यापार,  टेक्निकल सामान तथा नयाँ प्रविधिको प्रयोग गरी आम्दानीमा वृद्धि गर्न सकिनेछ ।  
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) खानपानमा ध्यान नदिँदा स्वास्थ्य सम्बन्धी समस्या बढ्न सक्छ ध्यान दिनुहोला । आफ्नै कमजोरीले विवाद तथा प्रतिस्पर्धामा अरूभन्दा पछि परिनेछ । शुभचिन्तक तथा आफन्तलाई बेवास्ता गर्दा दुःख पाइनेछ । मन परेको मानिसबाट टाढिनु पर्दा मन खिन्न हुनेछ । न्याय सङ्गत काम नगर्दा दण्ड तथा जरिवाना हुने योग रहेको छ । साँझपख  समय राम्रो रहेकोले यात्रा, राजनीतिक भेटघाटमा समय व्यातित हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) प्राकृतिक स्रोत तथा साधनको प्रयोगले आम्दानीमा वृद्धि गर्न सकिनेछ । शिक्षा तथा चेतनामूलक कामहरूबाट मनग्गे धन आर्जन गर्न सकिनेछ । माया प्रेमको बन्धन कसिलो भएर जानेछ । परिवारका इच्छा तथा आकाङ्क्षाहरू पुरा गर्न सकिने हुनाले मन खुसी रहनेछ । अध्ययन वा कामको सिलसिलामा लामो दुरीको यात्रा हुनेछ । राजनीति तथा समाजसेवामा जनतासँग साक्षात्कार गर्ने अवसर प्राप्त हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको काम गर्न सकिने हुँदा पद प्राप्तको गतिलो योग रहेको छ । कृषि तथा पशुपालन व्यवसायलाई समय सापेक्ष आधुनिकीकरण गरी मनग्गे धन आर्जन गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरीमा सुगम स्थानमा स्थानान्तर वा बढुवा हुनेछ । बुवा तथा अग्रजहरूको आशीर्वाद लिँदै राम्रा काम गर्न सकिनेछ । पैतृक धन तथा सम्पत्ति प्राप्त हुनेछ । भेटघाट, यात्रा तथा मनोरञ्जनमा समय व्यातित हुनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप