शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय
अपडेट

सेयर बजार उत्साह : परिसूचक ३१ अङ्कले  बढ्यो, ८ अर्ब ४० करोडको कारोबार

आइतबार, ०४ माघ २०८२, १५ : २८
आइतबार, ०४ माघ २०८२

काठमाडौँ । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । 

आज नेप्से परिसूचक ३१.१२ अङ्कले बढेर २६७२.५५ विन्दुमा पुगेर बन्द भएको छ । बजारमा आज कुल ३३८ कम्पनीको १ करोड ६६ लाख ११ हजार ४७९ कित्ता सेयर खरिदबिक्री हुँदा कुल ८ अर्ब ४० करोड २७ लाख ९७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

आज कारोबार भएका कम्पनीहरूमध्ये २२४ कम्पनीको सेयर मूल्य बढेको छ भने ३१ कम्पनीको मूल्य घटेको छ र ५ कम्पनीको मूल्य स्थिर रहेको छ । 

उपसमूहतर्फ आज सबै क्षेत्रमा हरियाली छाएको छ । सबैभन्दा धेरै फाइनान्स समूह ५.७३ प्रतिशत र विकास बैंक समूह ३.०३ प्रतिशतले बढेका छन् । यस्तै, उत्पादन तथा प्रशोधन समूह २.४२ प्रतिशत र होटल तथा पर्यटन समूह २.०२ प्रतिशतले वृद्धि भएका छन् ।

आज चार वटा कम्पनीहरू सागर डिस्टिलरी, उन्नति सहकार्य लघुवित्त, साल्ट ट्रेडिङ कर्पोरेसन र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयर मूल्यमा १० प्रतिशतको सकारात्मक सर्किट लागेको छ । 

कारोबार रकमका आधारमा मञ्जुश्री फाइनान्स ५३ करोड १६ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ भने एसवाई प्यानलको ३७ करोड ३९ लाख रुपैयाँको कारोबार भएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप