टिकट वितरणमा हात बाँधिएको छ, असन्तुष्टि बिर्सेर रुख चिह्न लिएर आउनेलाई जिताउनुस् : गगन थापा
सारांश
- कांग्रेस महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र संरचनाका कारण हात बाँधिएको बताए।
- उनले तल्लो तहबाटै उम्मेदवार छानिनुपर्नेमा जोड दिँदै केन्द्रबाट निर्णय लिनुपरेको स्वीकार गरे।
- टिकट वितरणमा ढिलाइ हुनुको कारण आन्तरिक विवाद, कानुनी झमेला र नेताहरूको असन्तुष्टि रहेको उनको भनाइ छ।
काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले उम्मेदवार चयन प्रक्रियामा विधान र पुरानो संरचनाका कारण आफ्नो हात बाँधिएको बताएका छन्। उम्मेदवार छनोटको अन्तिम चरणमा आइपुग्दा उनले केन्द्रबाट टिकट बाँड्ने परिपाटी नै गलत भएको तर अहिलेको विशिष्ट परिस्थितिले बाध्यता सिर्जना गरेको स्वीकार गरे।
सामाजिक सञ्जालमार्फत एक भिडियो सन्देश जारी गर्दै थापाले तल्लो तह (कन्स्टिच्युएन्सी) बाटै उम्मेदवार छानिनुपर्ने पक्षमा आफू रहे पनि पार्टीको पुरानो विधानअनुसार १६५ वटै क्षेत्रबाट सिफारिस आइसकेकाले केन्द्रबाट निर्णय गर्नुपरेको बताए। उनले कतिपय स्थानमा दर्जनौँ नाम सिफारिस भएको र कतिपय ठाउँमा नमिलेको अवस्थामा आफू जिम्मेवारीमा आइपुगेको प्रस्ट पारे।
पार्टीभित्रको आन्तरिक विवाद र कानुनी झमेलाका कारण टिकट वितरणमा ढिलाइ भएको उनले बताएका छन्। जिम्मेवारी सम्हाले लगत्तै निर्वाचन आयोग धाउनुपर्ने अवस्था आएको र केही नेताहरूले चित्त नबुझेर कानुनी बाटो खोजेकाले समयको अत्यधिक चाप परेको उनले उल्लेख गरे। हिजो साँझसम्म पनि सबैलाई मिलाएर लैजाने प्रयास गर्दा समय घर्किएको उनको भनाइ छ।
महामन्त्री थापाले पार्टीभित्र नयाँ र पुरानाको सन्तुलन मिलाउन तथा समावेशी बनाउन अधिकतम प्रयास गरेको दाबी गरे। यद्यपि, सिफारिस भइसकेका नामहरू र समयको अभावले गर्दा सोचेजस्तो नतिजा नआउन सक्ने सङ्केत उनले गरे। उनले आज दिनभरिमा उम्मेदवारको सबै टुङ्गो लगाइसक्ने जानकारी दिए।
अन्त्यमा थापाले टिकट वितरणमा चित्त नबुझे पनि पार्टीको आधिकारिक उम्मेदवारलाई जिताउन कार्यकर्तालाई निर्देशन दिए। भोलि आ–आफ्नो क्षेत्रमा जाँदा जसले हातमा ‘रुख’ चिह्न लिएर आउँछ, उसैको पक्षमा एकढिक्का भएर लाग्न उनले आग्रह गरे। मनमा लागेका असन्तुष्टि पन्छाएर चुनावलाई एउटा अभियानका रूपमा लिन उनले सबैसँग अपिल गरेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो, दिउँसो १ बजेदेखि बन्दसत्र
-
गोल्डेन बुटको रोमाञ्चक दौड : कसले मार्ला बाजी ?
-
रेकर्ड तोडेपछि क्लोजको प्रतिक्रिया : ‘मेस्सी नै सर्वकालीन उत्कृष्ट खेलाडी’
-
अल्जेरियाको शानदार पुनरागमन, जोर्डनलाई २–१ ले हराउँदै पहिलो जित दर्ता
-
सार्वजनिक सवारी दर्ता विवादमा समाधानको प्रयास, पुराना एलसी भएका सवारी दर्ता गर्न पाइने
-
धुलिखेल–खावा सडकमा असार १४ देखि टिपरलाई पूर्ण प्रतिबन्ध
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण