मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
राजनीति

रास्वपा महाधिवेशनः प्रतिनिधिलाई परिचयपत्र वितरण गर्न थालियो

मङ्गलबार, ०९ असार २०८३, १० : ५९
मङ्गलबार, ०९ असार २०८३

सारांश

  • राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनका लागि देशभरबाट आएका करिब ४५ सय प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ ।
  • परिचयपत्र वितरण सकिएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको छ ।
  • चितवनको भरतपुरमा आइतबारदेखि जारी महाधिवेशनमा बाँकी कार्यसूचीबारे छलफल भइरहेको छ ।

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत महाधिवेशन प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको छ ।

पार्टीको निर्वाचन आयोगका प्रमुख भुवन केसीले  प्रतिनिधिहरूलाई परिचयपत्र वितरण कार्य सुरु भएको जानकारी दिए । परिचयपत्र वितरण सकिएपछि आज दिउँसो १ बजेदेखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको उनले बताए । बन्दसत्रको बाँकी कार्यसूचीबारे छलफल भइरहेको उनको भनाइ छ । 

चितवनमा जारी महाधिवेशनमा देशभरबाट आएका करिब ४५ सय प्रतिनिधिहरूको सहभागिता रहेको छ । महाधिवेशन आइतबारदेखि भरतपुरमा जारी छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप