कालिकोटमा नेकपाबाट महेन्द्रबहादुर शाही नै उम्मेदवार, मुगुमा चन्द्रबहादुर शाही
सोमबार, ०५ माघ २०८२, १५ : ००
सुर्खेत । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले कालिकोटका पुनः महेन्द्रबहादुर शाहीलाई टिकट दिएको छ ।
यसअघि प्रचण्डलाई एकल सिफारिस गरिएपनि उनी रुकुमपूर्व गएपछि ११ जनाले दाबी गरेका थिए ।
बृहत छलफलपछि अन्तिममा शाहीले नै टिकट पाएको साविक माओवादी केन्द्रकी प्रदेश अध्यक्ष विमला केसीले बताइन् ।
शाहीले यसअघि ०७० र ०७९ को प्रतिनिधि सभा र ०७४ मा प्रदेश सभा चुनाव जितेका नेता हुन् ।
यस्तै टुङ्गो लाग्न बाँकी रहेको मुगुमा पनि छलफलबाट चन्द्रबहादुर शाहीलाई उम्मेदवार बनाइएको केसीले बताइन् । शाही साविक एकीकृत समाजवादीका नेता हुन् ।
नेकपाले कर्णालीका अन्य जिल्लामा यसअघि उम्मेदवारको टुङ्गो लगाइसकेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेतन्याहूले बोलाए सुरक्षा मन्त्रिपरिषद्को बैठक
-
अन्तरसरकारी वित्तीय हस्तान्तरणमार्फत कुन प्रदेशले कति पाए रकम ? (विवरणसहित)
-
अर्थमन्त्रीलाई अर्यालको प्रश्न : संसद्मा एउटा र मन्त्रालयमा अर्को अङ्क राखेर कसको स्वार्थ पूरा गरियो ?
-
कुन प्रदेश र स्थानीय तहलाई कति वित्तीय हस्तान्तरण ? (सूचीसहित)
-
कांग्रेस सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको प्रमुख सचेतक धामीले दिए राजीनामा, खड्काले पाइन् जिम्मेवारी
-
आक्रमण जारी रहे क्षेत्रीय ऊर्जा संरचना निशानामा पर्ने इरानको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण