अपडेट
बागमतीमा ६ सांसद पद रिक्त
मङ्गलबार, ०६ माघ २०८२, ११ : ५२
सारांश
- बागमती प्रदेश सभाका ६ सांसदले माघ ५ गतेदेखि लागू हुने गरी राजीनामा दिएका छन्।
- राजीनामा दिने सांसदहरूमा कुन्दन राज काफ्ले, सुनिल केसी, युवराज दुलाल, वसन्त प्रसाद मानन्धर, अमन कुमार मास्के र प्रकाश श्रेष्ठ छन्।
- उनीहरूले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिनका लागि राजीनामा दिएका हुन्, तर काफ्लेले कांग्रेसबाट टिकट पाएका छैनन्।
हेटौँडा । बागमती प्रदेश सभाका ६ जना सांसदहरूले आफ्नो पदबाट राजीनामा दिएका छन् । प्रदेश सभा सचिवालयले आज एक सूचनापत्र जारी गर्दै उनीहरूको राजीनामा माघ ५ गतेदेखि लागू हुने जनाएको छ।
प्रदेश सभा नियमावली, २०७४ को नियम १८४ को उपनियम (२) बमोजिम यो सूचना प्रकाशन गरिएको हो।
राजीनामा दिनेहरुमा कुन्दन राज काफ्ले, सुनिल केसी, युवराज दुलाल, वसन्त प्रसाद मानन्धर, अमन कुमार मास्के र प्रकाश श्रेष्ठ रहेका छन् ।
प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिन उनीहरुले राजीनामा दिएका हुन् । यद्यपि कांग्रेस नेता काफ्लेले भने पार्टीबाट टिकट पाएका छैनन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डेरी उद्योग सङ्घमा निरञ्जन श्रेष्ठको नेतृत्व
-
तेल उत्पादनको कोटा नबढाए ओपेक छोड्नबारे विचार गर्दैछ इराक
-
पश्चिम एसियाबाट तेलको आपूर्ति बढ्ने अपेक्षासँगै लगातार घटिरहेछ तेलको भाउ
-
१० हजार भायल एन्टी रेबिज खोप मौज्दात : स्वास्थ्य मन्त्रालय
-
प्रतिपक्षको अवरोधकाबिच कर्णाली प्रदेश सभा बैठक स्थगित
-
केही हप्ताभित्र स्ट्रेट अफ होर्मुजमा फसेका अधिकांश जहाजहरू खाली गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण