मङ्गलबार, ०९ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

ललितपुर–१ मा पूर्व विद्यार्थी नेता रोहितको उम्मेदवारी

मङ्गलबार, ०६ माघ २०८२, १५ : ३१
मङ्गलबार, ०६ माघ २०८२

काठमाडौँ । प्रगतिशील लोकतान्त्रिक पार्टी(प्रलोपा)को तर्फबाट ललितपुर निर्वाचन क्षेत्र नम्बर १ मा उम्मेदवारी दर्ता भएको छ । 

मंगलबार बिहान पार्टीको तर्फबाट गएको एक टोलीको साथमा पूर्व विद्यार्थी नेता रोहित बास्तोलाले आफ्नो तर्फबाट उम्मेदवारी दर्ता गरेका हुन ।

आज ललितपुर जिल्ला निर्वाचन कार्यालयमा उम्मेदवारी दर्ता गर्ने प्रगतिशील लोकतान्त्रिक पार्टी पहिलो हो । उम्मेदवारी दर्ताको क्रममा सोही क्षेत्रका समानुपातिक उम्मेदवार सुबिन्द्र तामाङ पनि साथमै थिए । 

उम्मेदवारी दर्ता लगत्तै पत्रकारहरुसँग कुराकानी गर्दै उम्मेदवार बास्तोलाले आफू विद्यमान बेथिति, राजनीतिक एकाधिकार तथा लोकप्रियतावादको आवरणमा मौलाउँदै गरेको नवफासीवादको विरुद्ध जनचेतना फैलाउँदै चुनावी अभियान सञ्चालन गर्ने बताए । 

प्रत्यक्ष लोकतन्त्र,रैथाने ज्ञान सीप र प्रविधि लगायत एजेन्डा अघि सारेका उनले छिट्टै आफ्नो चुनावी कार्यक्रम सार्वजनिक गर्ने बताएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप